बोस ब्राण्डका चारवटा वायरलेस हेडफोनहरु, ध्वनी नियन्त्रण सुविधा

Technology Khabar २५ जेष्ठ २०७३, मंगलवार

बोस ब्राण्डका चारवटा वायरलेस हेडफोनहरु, ध्वनी नियन्त्रण सुविधा

काठमाडौं ।

काठमाण्डौं, २५ जेठ । बोसले (Bose) चारवटा नयाँ वायरलेस हेडफोनहरु विश्व बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ल्याएका चार ग्याजेट्समध्ये दुईवटा न्वाईज क्यान्सिलिंग र दुई वटा स्पोर्टस् वेयर रहेका छन् ।

बोसले सार्वजनिक गरेको क्वाइट कम्फोर्ट ३५ ( QuietComfort 35) हेडसेट यसअघि आएको क्वाइट कम्फोर्ट २५ (QuietComfort 25) को सुधारिएको संस्करण हो । यी दुबै वायरलेस हेडफोनहरु हुन् । क्वाइट कम्फोर्ट ३५ मा २० घण्टासम्म प्रयोग गर्न सकिनेगरी ब्याट्री व्याकअप राखिएको छ भने यो ब्लूटूथद्धारा पनि प्रयोग गर्न सकिन्छ । त्यसैगरी यसमा यूएसबी केबल प्रयोग गर्ने सुविधा पनि राखिएको छ । यसको मूल्य ३५० अमेरिकी डलर तोकिएको छ ।Bose Headphone_02

कम्पनीले ल्याएको अर्को हेडफोन भनेको क्वाइट कन्ट्रोल ३० (QuietControl 30) हो । यसमा एकजोडी वायरलेस ईयरफोनहरु रहन्छन, जसलाई प्रयोगकर्ताको घाँटीको पछाडिपट्टि भिरेर हिँड्न सक्दछन् । क्वाइट कन्ट्रोल ३० यस्तो प्रकारको पहिलो वायरलेस ईयरफोन हो जसले न्वाईज क्यान्सिलेसनलाई एडजस्ट गर्र्ने फीचर छ । यसले प्रयोगकर्ताको वरीपरी भएको अनावश्यक साउण्डलाई नियन्त्रण गर्ने सुविधा दिन्छ । यो ईयरफोन प्रयोग गर्दा वरीपरीको अवस्थाको बारेमा जानकारी लिन पनि सकिनेगरी फीचर राखिएको छ । क्वाइट कन्ट्रोल ३० ईयरफोन निरन्तर १० घण्टासम्म प्रयोग गर्न सकिने छ । यसको मूल्य ३०० अमेरिकी डलर तोकिएको छ ।Bose Headphone_03

त्यसैगरी कम्पनीले दुईवटा साउण्ड स्पोर्ट (SoundSport) तथा साउण्ड स्पोर्ट प्लस (SoundSport Plus) वायरलेस ईयरफोनहरु स्पोर्टस् प्रयोगका लागि ल्याएको छ । यसमा बोसको स्टेहियर प्लस (StayHear+) इयरटिप्सको स्पेसलाइज्ड भर्सन प्रयोग गरिएको छ । यो पसिना तथा वाटर रेसिस्ट रहेको छ । यसमध्येको साउण्ड स्पोर्टस प्लसमा हर्ट रेट मनिटर गर्ने फीचर रहेको छ । साउण्ड स्पोर्ट ६ घण्टा तथा स्पोर्ट प्लस ५ घटासम्मको ब्याट्री व्याकअप रहेको छ, जसको मूल्य क्रमशः १४९ अमेरिकी डलर तथा १९९ अमेरिकी डलर तोकिएको छ ।

स्रोत माध्यम

प्रकाशित: २५ जेष्ठ २०७३, मंगलवार