जीयोनी एस सिक्सको प्रो भर्सन आउँदै, फिंगरप्रिन्ट रिडर र टाइप-सी पोर्ट

Technology Khabar २५ जेष्ठ २०७३, मंगलवार

जीयोनी एस सिक्सको प्रो भर्सन आउँदै, फिंगरप्रिन्ट रिडर र टाइप-सी पोर्ट
जीयोनी एस सिक्सको तस्वीर

काठमाडौं ।

काठमाण्डौं, २५ जेठ । जीयोनीले गत वर्षको नोभेम्बरमा एस सिक्स (Gionee S6) सार्वजनिक गरेको थियो, जसको प्रो भर्सन कम्पनीले सार्वजनिक गर्ने तयारीमा रहेको छ ।

जीयोनीको एस सिक्स प्रो (Gionee S6 Pro) भर्सन चीनमा यहि जूनमा १३ सार्वजनिक हुने यो फोनको केहि जानकारीहरु सार्वजनिक भएका छन् ।

यो स्मार्टफोनमा स्न्यापड्रयागन ६५२ चीपसेट प्रयोग गरिएको छ भने ४ जीबीको र्याम रहेको छ । यसमा ६४ जीबीको इन्टरनल स्टोरेज अप्सन मात्र रहेको छ, जसलाई बढाउन सकिनेछ ।

Gionee S6 Pro_03Gionee S6 Pro_02

जीयोनी एस सिक्स प्रोमा ५.५ इन्चको सूपर एमोलेड फूल एचडी डिस्प्ले राखिएको छ, जसको पिक्चर रिजोल्यूशन १९२०x१०८० पिक्सेल रहेको छ । यो स्मार्टफोन एन्ड्रोयडको मार्शमाल्लो ६.० भर्सनको अपरेटिंग सिस्टममा आधारित रहेको छ ।

मेटल यूनिबडि रहेको यो स्मार्टफोन एस सिक्स भन्दा केहि मोटो रहेको छ । जीयोनी एस सिक्स ६.९ मिलिमिटरको छ भने एस सिक्स प्रो ७.६ मिलिमिटर मोटाईको रहेको छ । यसको मोटाई बढेपनि ब्याट्री क्षमता भने एस सिक्सकै जत्ति ३,१३० एमएएचको रहेको छ । यसमा चार्जका लागि र डाटा कनेक्सनका लागि यूएसबी टाइप-सी (USB type-C) पोर्ट राखिएको छ ।

फिंगरप्रिन्ट रिडर यसको होम कि बटनमा पछाडिको भागको सट्टामा प्रयोग गर्नसकिने गरी राखिएको छ । यसमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

यो स्मार्टफोन कम्पनीले आगामी साताको सोमबार अर्थात जून १३ मा सार्वजनिक गर्नेछ, जसको लागि कम्पनीले प्रेस इन्भिटेसन पनि पठाईसकेको छ ।

स्रोत माध्यम१ माध्यम २

Sajilo Visa

प्रकाशित: २५ जेष्ठ २०७३, मंगलवार