सामसुंगको ग्यालेक्सी जे थ्री प्रो, फोरजी नेटवर्क सपोर्ट गर्ने

Technology Khabar २५ जेष्ठ २०७३, मंगलवार

सामसुंगको ग्यालेक्सी जे थ्री प्रो, फोरजी नेटवर्क सपोर्ट गर्ने

काठमाडौं ।

काठमाण्डौं, २५ जेठ । सामसुंगले जे सिरिजको सामसुंग ग्यालेक्सी जे थ्री प्रो (Samsung Galaxy J3 Pro) घोषणा गरेको छ । सामसुंगको ग्यालेक्सी जे थ्री प्रो स्मार्टफोन कम्पनीको चीनको वेबसाइटमा लीस्टेड भएको छ ।

सामसुंगले ल्याएको ग्यालेक्सी जे थ्री को नयाँ संस्करणको रुपमा जे थ्री प्रो आएको हो । यो स्मार्टफोनमा १.२ गीगाहर्जको क्वाड-कोर प्रोसेसर राखिएको छ भने यसमा ५ इन्चको सूपर एमोलेड एचडी (Super AMOLED HD) डिस्प्ले रहेको छ ।

ग्यालेक्सी जे थ्री प्रोमा २ जीबीको र्याम तथा १६ जीबीको इन्टरनल स्टोरेज रहेकोछ, जसलाई माइक्रो एसडी कार्डद्धारा १२८ जीबीसम्म बढाउन सकिन्छ । यसमा कम्पनीले ८ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा दिएको छ ।Samsung-Galaxy-J3-Pro1

एन्ड्रोयडको ललीपपम ५.१ भर्सनमा आधारित यो स्मार्टफोन ८ मिलिमिटर मोटाईको छ भने १३९ ग्राम तौल रहेको छ । यसमा २,६०० एमएएचको ब्याट्री छ भने ड्यूल सिम प्रयोग गर्न सकिने यो फोनमा फोरजी एलटिई (4G LTE) सपोर्ट गर्दछ । त्यसैगरी यसमा वाईफाई, ब्लूटूथ ४‍.१, एनएफसी, जीपीएसलगायतका फीचरहरु छन् ।

सामसुंग ग्यालेक्सी जे थ्री प्रो स्मार्टफोन हाल चीनियाँ बजारमा मात्र उपलब्ध रहेको छ, जहाँ यसको मूल्य ९९९ यूआन करिब १५० अमेरिकी डलर तोकिएको छ । बजारमा ह्वाइट, गोल्ड र ग्रे कलर अप्सनमा उपलब्ध यो फोन चीनमा स्थानिय क्यारियर चाइना टेलिकमले बिक्री गरिरहेको छ ।

स्रोत माध्यम १ माध्यम २

easy care

प्रकाशित: २५ जेष्ठ २०७३, मंगलवार