एभरेष्ट वैंकको चिपमा आधारित भिसा क्रेडिट कार्ड

Technology Khabar २४ जेष्ठ २०७३, सोमबार

एभरेष्ट वैंकको चिपमा आधारित भिसा क्रेडिट कार्ड
????????????????????????????????????

काठमाडौं ।

काठमाडौं, २४ जेठ । एभरेष्ट वैंकले ग्राहकहरुलाई सूरक्षित कार्ड सेवा उपलब्ध गराउनका लागी चिपमा आधारित ईएमभी स्ट्याण्डर्ड (EMV Standard) को भिसा क्रेडिट कार्ड सेवाको शुरुवात गरेको छ ।

बैंकको प्रधान कार्यालयमा भएको कार्यक्रममा अध्यक्ष बि.के.श्रेष्ठ र पंजाब नेशनल बैंक, भारतका कार्यकारी निर्देशक डा.राम एस. सङ्गगापुरेले संयूक्त रुपमा सेवाको शुरुवात गरे ।

वैंकद्वारा सूरु गएिको चिपमा आधारित भिसा क्रेडिट कार्ड सेवा ग्राहकहरुले अधिकतम ४५ दिन सम्मको निब्र्याजी ऋण सुविधा समेत उपयोग गर्न सकिने विशेष व्यवस्था रहेको छ र यो कार्ड भारत र नेपालमा प्रयोग गर्न सकिने छ । साथसाथै, नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप भिसा डेविट कार्डहरु समेत सोहि चिप प्रविधिमा आधारित भई उपलब्ध गराई रहेको बैंकले जनाएको छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८५ एटिएम तथा बृहत सन्जाल मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: २४ जेष्ठ २०७३, सोमबार