सामसुंगको ‘स्मार्ट कन्भर्टिवल फाइभ इन वान’ रेफ्रिजेरेटर बजारमा

Technology Khabar २४ जेष्ठ २०७३, सोमबार

सामसुंगको ‘स्मार्ट कन्भर्टिवल फाइभ इन वान’ रेफ्रिजेरेटर बजारमा

काठमाडौं ।

काठमाडौं, २४ जेठ । सामसुंग नेपालले स्मार्ट कन्भर्टिवल फाइभ इन वान (Smart Convertible 5 in 1) रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ । कम्पनीले उक्त रेफ्रिजेरेटरमा ट्वीन कूलिंग प्लस टेक्नोलोजी प्रयोग गरिएको छ, जसले खाद्यान्नलाई रेफ्रिजेरेटर भित्र थप ताजा राख्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।

उक्त रेफ्रिजेरेटरमा पावर फ्रिज तथा पावर कूलिंग मोड बटनहरु पनि राखिएको छ, जसले स्वचालितरुपमा तापक्रमलाई न्यून बिन्दूमा राख्दछ भने सामान्य मोडमा भन्दा ३१ प्रतिशत छिटो कम्पार्टमेन्ट चिसो हुन्छ । त्यसैगरी यसमा ब्याक्टेरियाबाट सुरक्षित बनाउने तथा गन्धलाई रोक्ने विशेषता पनि रहेको कम्पनीले दाबी गरेको छ ।RT49K6338BS-TL_001_Front_Black-Steel

‘यस नयाँ रेफ्रिजेरेटरले उपभोक्ताको आवश्यकताअनुसार परिवर्तन गर्न सक्दछ भने कन्भर्टिवल मोडका कारण १४६ लिटर अतिरिक्त क्षमता बढ्ने तथा उर्जाको बचत गर्दछ ।,’ सामसुंग इलेक्ट्रोनिक्स, नेपालका कन्ज्यूमर इलेक्ट्रोनिक्स डिभिजन हेड सुजन राजा श्रेष्ठले भने ।

फाईभ इन वान रेफ्रिजेरेटरमा विभिन्न ५ मोडहरु राखिएको छ, जसले गर्दा उपभोक्ताले अवस्थाअनुसार स्पेसको प्रयोग गर्न सक्नेछ । यसमा रेगूलर मोड, सिजनल मोड, भ्याकेसन मोड, एक्स्ट्रा सपिंग मोड तथा होम अलोन मोड राखिएको कम्पनीले जनाएको छ ।

यो रेफ्रिजेरेटरमा कूल प्याक, १० वर्षको वारेन्टी, अटो आइस मेकरलगायतका अन्य विशेषताहरु पनि रहेका छन् । नेपाली बजारमा यो रेफ्रिजेरेटर ९६,००० रुपैंयाभन्दा माथि तोकिएको कम्पनीले उल्लेख गरेको छ ।

easy care

प्रकाशित: २४ जेष्ठ २०७३, सोमबार