सामसुंगको ग्यालेक्सी नोट सिक्समा ड्यूल एज स्क्रीन हुने

Technology Khabar २३ जेष्ठ २०७३, आईतवार

सामसुंगको ग्यालेक्सी नोट सिक्समा ड्यूल एज स्क्रीन हुने

काठमाडौं ।

काठमाण्डौं, २३ जेठ । सामसुंगको नयाँ फ्ल्यागशिप नोट सिक्सको चर्चा चलिरहेको बेला यसको एउटा डिजाइनको तस्वीर लीक भएको छ । सामसुंगले ग्यालेक्सी नोट सिक्स (Galaxy Note 6) नाममा ल्याउँछ वा ग्यालेक्सी नोट सेभेन (Galaxy Note 7) नाममा नयाँ फ्याबलेट ल्याउँछ भन्ने स्पष्ट नभईसकेको बेलामा यसको नयाँ तस्वीर बाहिर आएको हो ।

हालै लीक (@ShaiMizrachi) भएको तस्वीरमा नोट सिक्सको दुबैपट्टि एज (Dual Edge) भएको देखिन्छ । यो तस्वीर हेर्दा सामसुंगले यसअघि ल्याएको ग्यालेक्सी एस सेभेन एजको जस्तै दुबैपट्टिको स्क्रीन घुमाउरो रहेको देखिन्छ ।galaxy-note-7

हालै ट्वीटरबाट लीक भएको यो तस्वीर र नोट सिक्स/ सेभेनको बारेमा भने तस्वीर लीक गर्ने व्यक्ति भने विश्वस्त रहेका छन् ।

तस्वीरअनुसार यो फ्याबलेट ७.८ मिलिमिटर मोटाईको रहेको छ, जुन यसअघिको नोट फाइभ भन्दा ०.२ मिलिमिटर मोटो हुनेछ । नयाँ नोटको लम्बाई १५३ मिलिमिटर तथा चौडाई ७४.५ मिलिमिटरको छ ।

यस अघि नै चर्चित लीकर एभलीक्सले (@evleaks) सामसुंगले ग्यालेक्सी नोट सिक्स/नोट सेभेन यहि अगस्टमा सार्वजनिक हुने जानकारी दिइसकेका छन् ।

स्रोत माध्यम १  माध्यम २

easy care

प्रकाशित: २३ जेष्ठ २०७३, आईतवार

ताजा समाचार