गूगल प्ले स्टोरमा अनइन्स्टल म्यानेजर, एप्स सिधै अनइन्स्टल गरेर स्पेस बढाउन सकिने

Technology Khabar २१ जेष्ठ २०७३, शुक्रबार

गूगल प्ले स्टोरमा अनइन्स्टल म्यानेजर, एप्स सिधै अनइन्स्टल गरेर स्पेस बढाउन सकिने

काठमाडौं ।

काठमाण्डौं, २१ जेठ । गूगलले प्ले स्टोरमा नयाँ फीचर थप्ने भएको छ । गूगलको प्ले स्टोरमा भएका विभिन्न एप्सको क्षमता बढिरहेको समयमा गूगलले नयाँ फीचर ल्याउन लागेकोहो ।

पछिल्ला दिनहरुमा प्ले स्टोर एप्सको साइज १ जीबीभन्दा बढि पुगिसकेको छ । यी एप्स कुनैपनि स्मार्टफोनहरुमा डाउनलोड गर्दा यसले फोनको स्टोरेज अधिक लिने गरेको छ भने कम स्टोरेज भएका स्मार्टफोनहरुका लागि समस्या हुँदै आएको छ । कयौं प्रयोगकर्ताहरुले एप्स डाउनलोड गर्दा अरु स्टोरेज पहिले अनइन्स्टल गर्नुपर्ने हुन्छ ।

यहि स्टोरेज समस्यालाई ध्यानमा राखेर गूगलले अनइन्स्टल म्यानेजर (Unistall manager) फीचर ल्याउन लागेको हो । यो फीचरले कम स्टोरेज भएका स्मार्टफोनहरुका लागि भने निकै महत्वपूर्ण हुन सक्नेछ ।Goole Play Store

यो फीचर गूगलले कहिलेदेखि सार्वजनिक गर्दछ भन्ने अझै स्पष्ट छैन् तर प्ले स्टोरले अहिले इन्टल गरिएका एप्सको लिस्ट भने देखाउँछ । यी देखिएका एप्समध्ये कुनै डिलिट गर्नुपर्ने छ भने फोनको एप म्यानेजरमा गएर अनइन्स्टल गर्नुपर्ने हुन्छ ।

नयाँ फीचरले फोनमा अधिक स्टोरेज नभएको र नयाँ एप इन्टल गर्न चाहिने स्टोरेजको बारेमा पनि जानकारी दिनेछ । त्यस्तै यसले मिडिया फाइलमा भएका डकुमेन्ट, भिडियो, फोटोहरु पनि डिलिट गरेर स्पेस थप गर्न सकिने सुविधा दिनेछ ।

यसअघि प्ले स्टोर र गूगललाई धेरै एन्ड्रोयड फोन प्रयोगकर्ताहरुले गुनासो गर्ने गरेका थिए । अहिले भने गूगलले प्ले स्टोरलाई आफैंले हेर्दै आएको हुँदा यसमा विभिन्न परिवर्तन र फीचरहरु आएको अनुभव गरिएको हो ।

स्रोत माध्यम

Global Bank
easy care

प्रकाशित: २१ जेष्ठ २०७३, शुक्रबार