ह्वावेको पी नाइन स्मार्टफोन अब सुन जडित, मूल्य २ लाख ३२ हजार ५ सय रुपै‌या

Technology Khabar २१ जेष्ठ २०७३, शुक्रबार

ह्वावेको पी नाइन स्मार्टफोन अब सुन जडित, मूल्य २ लाख ३२ हजार ५ सय रुपै‌या

काठमाडौं ।

काठमाण्डौं, २१ जेठ । ह्वावेको नयाँ फ्ल्यागशिप पी नाइन स्मार्टफोन अब सुनको कभरसहित आउने भएको छ । विश्वका नाम चलेका ब्राण्डका स्मार्टफोनहरुलाई सुनले बाहिरी कभर बनाएर बेच्ने गोल्डजेनी (Goldgenie) ले ह्वावे पी नाइन (Huawei P9) स्मार्टफोनलाई २४ क्यारेट सूनद्धारा बनाईएको गोल्ड प्लेटेड बनाएको छ ।

गोल्डजेनीले ह्वावे पी नाइनलाई २४ क्यारेट गोल्ड, रोज गोल्ड तथा प्लाटिनमसहित बजारमा ल्याउने भएको छ ।

गोल्डजेनीले तयार पार्ने गोल्ड प्लेटेड ह्वावे पी नाइनको मूल्य १५०० स्टर्लिंग पाउण्ड अर्थात करिब २ लाख ३२ हजार ५ सय रुपै‌या तोकेको छ । तर यसमध्येपनि कस्तो कोटेड गरेको स्मार्टफोन लिने हो त्यसको आधारमा मूल्य तिर्नुपर्ने छ । त्यस्तै गोल्डजेनीबाट खरिद गर्दा कम्तिमा आधा मूल्य तिर्नुपर्ने छ ।Huawei P9_gold plated_01

ह्वावेले ल्याएको पी नाइन स्मार्टफोन सबैभन्दा पछिल्लो फ्ल्यागशिप हो । यो स्मार्टफोनमा ५.२ इन्चको फूलएचडी डिस्प्ले रहेको छ भने आफ्नै किरिन-९५५ चीपसेट राखिएको छ ।

यो स्मार्टफोनको सबैभन्दा महत्वपूर्ण फीचर भनेको यसमा भएको ब्याक साइडमा रहेको ड्यूल क्यामरा हो, जसमा लाइकाको ब्राण्डेड १२ मेगापिक्सेलको २ वटा रियर क्यामरा रहेको छ ।

स्रोत  माध्यम

Global Bank
easy care

प्रकाशित: २१ जेष्ठ २०७३, शुक्रबार

ताजा समाचार