डेलको १७ इन्चको ल्यापटप, ट्याबलेटको रुपमा पनि प्रयोग गर्न सकिने

Technology Khabar २० जेष्ठ २०७३, बिहीबार

डेलको १७ इन्चको ल्यापटप, ट्याबलेटको रुपमा पनि प्रयोग गर्न सकिने

काठमाडौं ।

काठमाण्डौं, २० जेठ । डेलले नयाँ १७ इन्चको ल्यापटप घोषणा गरेको छ । यो टल्यापटपको स्क्रीन १७ इन्चको रहेकोछ, जसलाई कम्पनीले कफी टेबलमा भन्दा आफ्नो काखमा राखेर प्रयोगकर्ताले प्रयोग गर्न मन पराउने उल्लेख गरेको छ ।

डेलको इन्सिपिरन १७ ७००० (Dell Inspiron 17 7000) ल्यापटपमा ३६० डिग्रीको फ्लीप गर्न सकिने सुविधा रहेको छ । यो ल्यापटपमा रहेको ठूलो मल्टिटच प्यानेलका कारण यसलाई ट्याबलेटको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसलाई कम्पनीले टू इन वान ल्यापटपको रुपमा घोषणा गरेको हो ।dell-inspiron-17-convertible-2

डेलको १७ इन्चको ल्यापटपको स्क्रीन रिजोल्यूशन १०८० पीक्सेलको रहेको छ । यसमा छैठौं पुस्ताको इन्टेल कोर आई सेभेन (Intel Core i7) प्रोसेसर राखिएको छ भने यो १२ वा १६ जीबी र्यामसहित आउने छ । त्यस्तै यसमा १ टेराबाइटको हार्ड डिस्क वा ५१२ जीबीको एसडी कार्ड राख्न सकिनेछ ।

डेलको ल्यापटप विण्डोज१० मा आधारित रहेको छ भने यसमा एनभिडिया जीइ फोर्स ९४० एमएक्स (Nvidia GeForce 940) ग्राफिक्स कार्ड प्रयोग गरिएको छ । यसमा यूएसबी टाइस सी पोर्ट (USB Type-C) प्रयोग गरिएको छ । यसमा यूएसबी २.० तथा यूएसबी ३.० पोर्ट तथा एचडीएमआई आउट राखिएको छ ।

डेलको १७ इन्चको ल्यापटपका साथै कम्पनीले १३ तथा १५ इन्चको मोडल पनि ल्याउनेछ ।

डेलको यो २ इन वान ल्यापटप कम ट्याबलेट आजैदेखि अमेरिका तथा चीनको बजारमा उपलब्ध हुनेछ जसको शुरुवाती मूल्य ९९९ अमेरिकी डलर तोकिएको छ । तर १७ इन्चको मोडलको मूल्य भने कति हुने जानकारी गराईएको छैन् ।

माध्यम स्रोत

Global Bank
easy care

प्रकाशित: २० जेष्ठ २०७३, बिहीबार

ताजा समाचार