स्मार्टफोन २० मिनेटमा नै चार्ज हुने, मिडिया टेकको पम्प एक्सप्रेस ३.० प्रविधि

Technology Khabar १८ जेष्ठ २०७३, मंगलवार

स्मार्टफोन २० मिनेटमा नै चार्ज हुने, मिडिया टेकको पम्प एक्सप्रेस ३.० प्रविधि

काठमाडौं ।

काठमाण्डौं, १८ जेठ । आफ्नो स्मार्टफोन ढिलो चार्ज भएर समस्या हुनेहरुलाई खुशीको खबर छ । अब स्मार्टफोन छिट्टै चार्ज हुने प्रविधिको विकास भएको छ । विभिन्न डिभाइसहरु तथा चीपसेट बनाउने कम्पनी मिडिया टेक (MediaTek) ले २० मिनेटमा नै ७० प्रतिशतसम्म चार्ज गर्ने प्रविधिको विकास गरेको छ ।

मिडिया टेकले पम्प एक्सप्रेस ३.० ( Pump Express 3.0) नामक उत्पादन सार्वजनिक गरेको छ । जसले स्मार्टफोनको ब्याट्री शुन्यबाट ७० प्रतिशतसम्म २० मिनेटभित्र चार्ज गर्दछ । कम्पनीले यसलाई अहिलेसम्मको सबैभन्दा फास्टेस्ट ब्याट्री चार्जिंग टेक्नोलोजी भनेर दाबी गरेको छ ।

कम्पनीकाअनुसार पम्प एक्सप्रेस ३.०का साथमा अन्तिम प्रयोगकर्ताले करिब ५ मिनेट मात्र स्मार्टफोन चार्ज गरेर ४ घण्टासम्म कुराकानी गर्न सक्दछ ।Pump-Express_01

यो प्रविधि मिडिया टेक हेलियो सिरिजको पी २० का साथमा डिभाइसमा सन् २०१६ को अन्त्यसम्म बजारमा आउने अपेक्षा गरिएको छ । यो भविश्यमा स्मार्टफोन चीपसेटहरुका साथमा आउनेछ भने मिडिया टेकको चीपसेट भएका स्मार्टफोनमा ग्राहकहरुको अनुरोधमा थप गर्न सकिनेछ ।

यसलाई टाइप सी यूएसबी पावर डेलिभरी मार्फत सिधा चार्ज गर्न सकिने गरि तयार पारिएको बताईएको छ ।

डिरेक्ट चार्जिंगले फोन भित्रका चार्जिंग सर्किटरीलाई बाईपास गरेर फोनलाई चार्जको अवधिमा तात्नबाट बचाउँछ । यसले एडप्टरबाट सिधै स्मार्टफोनको ब्याट्रीसम्म इलेक्ट्रिक करेन्ट प्रवाह गर्न सहयोग गर्दछ ।

यसमा बाई डिरेक्सनल कम्यूनिकेसन तथा २० प्लस सेफ्टी एण्ड डिभाइस प्रोटेक्सन सिस्टम राखिएको कम्पनीले उल्लेख गरेको छ ।

यसअघि क्वालकमको क्वीक चार्ज ३.० ओप्पो भीओओसी (Oppo VooC) मा प्रयोग गरिएको थियो जुन बजारमा त्यति धेरै चल्न सकेन् ।

माध्यम स्रोत

easy care

प्रकाशित: १८ जेष्ठ २०७३, मंगलवार

ताजा समाचार