एप्पलले आईफोनबाट १६ जीबी स्टोरेज हटाउने, आईफोन सेभेनमा न्यूनतम ३२ जीबी स्टोरेज

Technology Khabar १८ जेष्ठ २०७३, मंगलवार

एप्पलले आईफोनबाट १६ जीबी स्टोरेज हटाउने, आईफोन सेभेनमा न्यूनतम ३२ जीबी स्टोरेज

काठमाडौं ।

काठमाण्डौं, १८ जेठ । एप्पलले नयाँ आउने आईफोनबाट १६ जीबी स्टोरेज भर्सन हटाउने भएको छ । कम्पनीले अब आउने कुनैपनि आईफोनबाट १६ जीबी स्टोरेजलाई आईफोनको लाइनअपबाट नै हटाउने भएको हो ।

अहिले बजारमा अधिकांश स्मार्टफोन उत्पादक कम्पनीहरुले ३२ जीबी स्टोरेजलाई न्यूनतम स्टोरेजको आधार तोकेका छन् । यो आधारमा धेरै कम्पनीहरुले प्रिमियम सेटहरु बजारमा ल्याएका छन् । तर एप्पलले ३२ जीबी नराखेको भनेर सँधै प्रतिकृयाहरु आउने गर्दथे ।

एप्पलले सार्वजनिक गरेका हालसम्मका आईफोनमा १६ जीबी र ६४ जीबीको बिचमा कुनैपनि फोनहरु ल्याएको छैन् । तर अब आइफोन सेभेन (iPhone 7) मा कम्पनीले यो गुनासोलाई सम्बोधन गर्दै ३२ जीबी भर्सनको आईफोन ल्याउने भएको हो ।iphoen-7-32gb

आईएचएस टेक्नोलोजी इन चाइनाका बजार अनुसन्धान निर्देशक केभिन वांगले वेबोमा गरेको पोस्ट अनुसार आईफोन सेभेनमा न्यूनतम ३२ जीबी स्टोरेज तथा २ जीबीको र्याम राखिनेछ । उनले सप्लाई चेन रिसर्चको आधारमा यो जानकारी दिएका हुन् । यसअघि आईफोन सेभेन प्लस (iPhone 7 Plus) को ६४ जीबी स्टोरेजको बक्सको तस्विर सार्वजनिक भईसकेको छ ।

त्यसैगरी एप्पलले आईफोन सिक्स एस (iPhone 6S) सार्वजनिक गर्दा नै १ जीबीको र्यामबाट अपग्रेड गरेर २ जीबी र्याम राखिसकेको छ । हालै सार्वजनिक भएको आईफोन एसई (iPhone SE) मा पनि २ जीबीको र्याम राखिएको छ । त्यो आधारमा हेर्दा नयाँ आईफोनमा र्यामको विषयमा कुनै नयाँ अपग्रेड हुनेछैन् ।

माध्यम स्रोत

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १८ जेष्ठ २०७३, मंगलवार

ताजा समाचार