ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एजमा गेमप्ले रेकर्ड गर्न सकिने

Technology Khabar १८ जेष्ठ २०७३, मंगलवार

ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एजमा गेमप्ले रेकर्ड गर्न सकिने

काठमाडौं ।

काठमाण्डौं, १८ जेठ । सामसुंगले ग्यालेक्सी एस सेभेन (Galaxy S7) तथा ग्यालेक्सी एस सेभेन एज (Galaxy S7 Edge) का लागि गेम टूल्समा अपडेट गरेको छ । सामसुंगले दुबै फोनमा रहेको गेम टूल्स (Game Tools) तथा गेम लन्चर (Game Launcher) को अपडेट जारी गरेको हो ।

अपडेट गरिएको नयाँ भर्सन ०.०.२६ ले प्रयोगकर्तालाई टूल्समा हेल्प सेक्सन राखेको छ भने नयाँ भर्सनको सहयोगमा गेम टूल्सले खेलीरहेको कुनैपनि गेमको भिडियो रेकर्डिंग गर्ने अनुमति प्रदान गर्दछ । खेलीरहेको गेम प्रयोगकर्ताले रेकर्ड गर्दा अधिकतम ४ जीबीसम्मको फाइल साइज मात्र रेकर्ड गर्न सकिन्छ ।Samsung-Game-Tools-Game-Launcher-Update

Samsung-Game-Launcher-Update-2नयाँ अपडेट अनुसार गेम टूल्समा भएको फ्लोटिंग किहरु गेमप्ले रेकर्डको समयमा हराउने छ । त्यसैगरी गेम रेकर्डिंगको समयमा अधिकांश एपहरुले दिने नोटिफिकेसनहरु ब्लक हुनेछन् र नो अलर्ट मोड (No alert mode) मा जानेछन् ।

सामसुंगले ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एजमा मोबाईल गेम प्रयोगकर्ताहरुलाई आकर्षित गर्न गेम टूल्स तथा गेम लन्चर राखेको थियो । जसमा नियमित विभिन्न अपटेडहरु गरिरहेको छ ।

easy care

प्रकाशित: १८ जेष्ठ २०७३, मंगलवार