स्मार्ट टेलीकमले काठमाडौंमा सेवा बिस्तार गर्ने

Technology Khabar १६ जेष्ठ २०७३, आईतवार

स्मार्ट टेलीकमले काठमाडौंमा सेवा बिस्तार गर्ने

काठमाडौं ।

काठमाडौं, १६ जेठ । स्मार्ट टेलिकम प्रा.लि.ले काठमाडौं लगायतका प्रमुख शहरहरुमा सेवा बिस्तारको तयारी गरेको छ । देशका अधिकांश भूभागमा आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले टावर विस्तारको काम गरिरहेको जनाएको छ ।

३४ जिल्लाहरुमा आफ्नो सेवा पुर्याएको स्मार्टले केही साताभित्रै नयाँ टावर काठमाडौं, पोखरा, नेपालगञ्ज, बिरगञ्ज र चितवनमा थपिरहेको जानकारी स्मार्ट टेलिकम कर्पोरेट कम्युनिकेशनका प्रमुख पवन शाक्यले दिए । उनले भने, ‘केही साताभित्रै हामी सबै टावर थपेर सेवा विस्तार गर्छौं ।’ हाल करिब ३४ जिल्लाहरुमा विधिवत् रुपमा आफ्नो सेवा सञ्चालन गरिरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट २०६५ असारदेखि ग्रामीण दूरसञ्चार अनुमति पत्र प्राप्त गरि करिब पच्चीस जिल्लामा सेवा सुरु गरेको कम्पनीले बैशाख २०७० मा एकिकृत दूरसञ्चार अनुमति पत्र प्राप्त गरेपछि सेवा थप विस्तार गरिरहेको जानकारी दियो ।

स्मार्ट टेलिकमले हाल करिब चौध लाख ग्राहकलाई सेवा दिइरहेको जनाएको छ । सेवा विस्तारका लागि टावररनेटवर्क लगायत आवश्यक प्राविधिक उपकरण जडान तथा जनशक्तिसमेत परिचालन गरिरहेको जानकारी दिएको छ । शाक्यले भने, ‘कम्पनीले लगानी थप गर्दै सेवा विस्तार गर्दा प्रविधिको विकासमा उल्लेखनिय टेवा मिल्ने हुन्छ भने अर्कोतिर प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीको सुअवसर प्राप्त हुने कुरामा यस कम्पनी विश्वस्त छ ।’

स्मार्टले सामाजिक जिम्मेवारी बहन गर्दै महाविनाशकारी भूकम्पमा समेत आफ्ना ग्राहकलाई कम्पनीले निरन्तर सेवा दिइरहेको स्मरण गराएको छ । कम्पनीले आप्mना ग्राहकवर्गलाई तत्काल राहत स्वरुप १०० रुपैया बराबरको रिचार्जसमेत निशुल्क प्रदान गरेको थियो ।

Global Bank
easy care

प्रकाशित: १६ जेष्ठ २०७३, आईतवार

ताजा समाचार