स्काईपको नयाँ भर्सनको एप, ट्याबलेटका लागि विशेष अपडेट

Technology Khabar १४ जेष्ठ २०७३, शुक्रबार

स्काईपको नयाँ भर्सनको एप, ट्याबलेटका लागि विशेष अपडेट

काठमाडौं ।

काठमाण्डौं, १४ जेठ । स्काईपले एन्ड्रोयड एपमा नयाँ अपडेट गरेको छ । स्काईपले एन्ड्रोयडका लागि ७.० भर्सन सार्वजनिक गरेको छ, जसमा ट्याबलेट यूजर इन्टरफेस राखिएको छ ।

गत वर्ष कम्पनीले एन्ड्रोयड फोनहरुका लागि म्याटेरियल डिजाईन सार्वजनिक गरेको थियो । त्यसपछि कम्पनीले स्काईप ७.० भर्सन एन्ड्रोयडका लागि ल्याएको हो ।

नयाँ परिवर्तनमा ट्याबलेट यूआईलाई सतहबाट नै पुरै परिवर्तन गरेको छ । यसलाई ट्याबलेटको लयाण्डस्केप मोडमा हेर्दा मल्टिपेन भ्यू राखिएको छ ।

नयाँ भर्सनमा भिडियो कल वा भ्वाइस कलमा रहँदा पनि प्रयोगकर्ताले म्यासेज तथा फाईल पठाउन र पछिल्लो कुराकानी चेक गर्न सक्नेछन् । त्यसैगरी यसमा स्काईपले यूनिभर्सन सर्चमा सुधार गरेको छ, जसले अब मानिसहरु, च्याट, ग्रुप तथा बोट्सको बारेमा मूख्य स्क्रीनबाट नै सर्च गर्न सक्नेछ ।

नयाँ भर्सनको स्काईपमा साइनअप गरेपछि डिभाइसको एड्रेस बुकमा कन्ट्याक्ट देखिनेछ, जसमा यदि कसैले स्काईप प्रयोग गरेको रहेन छ भने त्यसलाई आमत्रण गर्न सकिन्छ । यसका साथै स्काईप ७.० ले केहि कल क्वालिटि तथा परफरमेन्समा पनि सुधार गरेको छ ।

स्काईप ७.० भर्सन यसअघि नै गूगल प्ले स्टोरमा उपलब्ध रहेको छ ।

माध्यम  स्रोत

Global Bank
easy care

प्रकाशित: १४ जेष्ठ २०७३, शुक्रबार