ग्यालेक्सी एस सेभेन एजको ‘इनजस्टीज एडिसन’, गेमका शौखिनमा केन्द्रित

Technology Khabar १४ जेष्ठ २०७३, शुक्रबार

ग्यालेक्सी एस सेभेन एजको ‘इनजस्टीज एडिसन’, गेमका शौखिनमा केन्द्रित

काठमाडौं ।

काठमाण्डौं, १४ जेठ । सामसुंगले आधिकारिकरुपमा लिमिटेड एडिसनको ग्यालेक्सी एस सेभेन एज (Galaxy S7 Edge) घोषणा गरेको छ । कम्पनीले ग्यालेक्सी एस सेभेन एजको इनजस्टीस एडिसन ल्याएको हो ।

इनजस्टीस एडिसनको स्मार्टफोन पूर्णरुपमा ब्ल्याक कलरमा ल्याईएको छ भने डिभाइसमा गोल्ड डिटेल राखिएको छ । यसका साथै यसको पछाडिको भागमा ब्याटम्यानको लोगो राखिएको छ ।

सामसुंगले जारी गरेको विज्ञप्तिअनुसार वार्नर ब्रोज. इन्टरएक्टिभ इन्टरनेटमेन्टसँग सहकार्य गर्न उत्साहित रहेको छ भने  इनजस्टीसः गड्स अमोंग अस (Injustice: Gods Among Us) का प्रशंसकहरुका लागि स्पेशल एडिसनको ग्यालेक्सी एस सेभेन एज ल्याएको हो । ‘आफ्ना प्रयोगकर्ताहरुका लागि सामसुंग सँधै उत्कृष्ट मोबाइल गेमिंग एक्सपेरियन्स दिन आतुर रहेको र यो सहकार्यले गेमका प्रशंसकहरुका लागि हाम्रो प्रतिबद्धता जाहेर गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।Galaxy S7 Edge_02

यो विशेष संस्करणको ग्यालेक्सी एस सेभेन एजका साथमा गियर भिआर सँगसँगै इनजस्टीज गेम क्रेडिट र ओक्यूलस भिआर कन्टेन्ट भौचरहरु राखिएका छन् । जे भएतापनी कम्पनीले यो प्याकेज अफर विभिन्न बजार र मोबाइल सेवा प्रदायकहरुको आधारमा फरक फरक हुनसक्ने स्पष्ट पारेको छ ।

यो डिभाइस जुनको १३ तारिखदेखि उपलब्ध हुने इनजस्टीज एडिसन पेजमा उल्लेख छ । तर यो डिभाइस चीन, सिंगापुर, कोरिया, ल्याटिन अमेरिका र रसियासहितका सिमित मुलुकहरुमा मात्र उपलब्ध हुनेछ ।

माध्यम  स्रोत

easy care

प्रकाशित: १४ जेष्ठ २०७३, शुक्रबार