नेपालमा दिगोपनासहितको कृषि विकास विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

Technology Khabar १३ जेष्ठ २०७३, बिहीबार

नेपालमा दिगोपनासहितको कृषि विकास विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
Classic Tech
Nepal Telecom

काठमाडौं, १३ जेठ । नेपालमा कृषिको दिगो विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरु काठमाडौंमा भेला हुने भएका छन् । नेपालमा दिगो र तिब्रतर कृषिको वृद्धिका लागि नयाँ संभावनाको खोजी गर्नका लागि इन्टरनेशनल फूड पोलिसी रिसर्च ईन्टिच्यूट (इफ्री), नेपाल इकोनोमिक एशोसियसन (एनईए) र ईन्टिच्यूट फर इन्टिग्रेटेड डेभपलमेन्ट स्टडिज् (आईआईडिएस) ले सँयुक्तरुपमा काठमाडौंमा मई २९ र ३० तारिख अर्थात जेठ १६ र १७ गते “नेपालमा दिगोपनासहितको कृषि विकासः चुनौतीहरु, अवसरहरु र विकल्पहरु” विषयक सम्मेलनको आयोजना गर्दैछन् ।

उक्त अन्तर्राष्ट्रिय सम्मेलनको बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै इफ्रीका रिसर्च फेलो डा. अन्जनी कुमारले नीति निर्माताहरु, व्यवसायीक व्यक्तिहरु, विज्ञहरु, कृषक संगठनका प्रतिनिधिहरु, कर्पोरेट क्षेत्र र विभिन्न दातृ निकायहरुलाई एकै थलोमा ल्याउने बताए । “नेपालमा कृषि क्षेत्रले अनेकौं चुनौतीहरुको सामना गर्दै आएको छ ।”,उनले भने,“ती चुनौतीहरुको बारेमा छलफल गर्दै अवसर र विकल्पहरुको बारेमा छलफल हुनेछ ।”

कार्यक्रममा नेपाल इकोनोमिक एशोसियसनका अध्यक्ष प्राध्यापक डा. विश्वम्भर प्याकुरेलले छिमेकी मुलुक भारतको भन्दा नेपालको कृषि उत्पादनहरु निकै महंगो रहेको गुनासो गरे । उनले भारतीय कृषि क्षेत्रमा सरकारले अनुदान दिएको हुँदा सस्तोमा उत्पादन उपलब्ध भएको भन्दै सस्तो उत्पादन बजारमा पाएसम्म नेपालको महंगो कृषि उपज कसैले पनि खरिद नगर्ने बताए ।

नेपालको कृषि उत्पादनलाई पनि सस्तो बनाउन आवश्यक भएको भन्दै सरकारले बजेटमा नै अनुदान रकम व्यवस्था गर्नुपर्ने प्राध्यापक प्याकुरेलले बताए ।

दुई दिने सम्मेलनको अवसर पारेर इफ्रीले तयार पारेको वार्षिक विश्व खाद्य नीति प्रतिवेदन (सन् २०१६) सार्वजनिक गरिनेछ । यो वर्षको प्रतिवेदनले विश्वका संभावना र चूनौती माथि भएका नविनतम अनुसन्धानको बारेमा गहिराईमा उल्लेख गरेको छ भने खाद्य र पोषण सुरक्षासँग सम्बन्धित दिगो विकास लक्ष्य हासिल गर्न सामना गर्नुपर्ने विषयका बारेमा पनि बताएको छ ।

सम्मेलन तीन सत्रमा बाँडिएकोछ जसमा नेपालको कृषि वृद्धिका चुनौती र संभावनाहरु, कृषि उत्पादकत्व, प्रवृत्तिहरु, स्रोतहरुको कुशल उपयोग, दिगो प्राकृतिक स्रोत व्यवस्थापन, वित्तिय समावेशिकरण र बसाईँ सराई, करार खेती, विश्व व्यापार संगठनका मुद्धा लगायतका विषयहरुमा छलफल हुनेछ ।

TK Viber

प्रकाशित: १३ जेष्ठ २०७३, बिहीबार

Comments are closed.

Loading...