ट्वीटरमा नाईट मोड आउने, रातीको समयमा ट्वीटर हेर्न सजिलो

Technology Khabar ११ जेष्ठ २०७३, मंगलवार

ट्वीटरमा नाईट मोड आउने, रातीको समयमा ट्वीटर हेर्न सजिलो

काठमाडौं ।

काठमाण्डौं, ११ जेठ । ट्वीटर (Twitter) राती धेरै प्रयोग गर्ने प्रयोगकर्ताहरुका लागि खुशीको खबर आएको छ । अधिक मात्रामा ट्वीटर प्रयोग गर्नेहरुले रातीको समयमा चहकिलो ब्याकग्राउण्ड लाइटबाट मुक्त हुने भएका छन् ।

ट्वीटरले नाईट मोडको (Night Mode) परिक्षण गरिरहेको छ र यो फीचर छिटै सबै प्रयोगकर्तालाई उपलब्ध गराईने भएको छ । नाईट मोड प्रयोग गरिने सोसियल साइट वा माध्यम ट्वीटर मात्र होईन यसअघि अन्य धेरै माध्यममा नाईट मोड प्रयोग हुँदै आएको छ । केहि समय अघि एप्पलले ओएस एक्समा डार्क मोड फीचर राखेको छ भने अनलाईन तथा एन्ड्रोयड मार्केटमा विभिन्न कम्पनीका नाईट मोडहरु उपलब्ध हुँदै आएका छन् । Twitter Night Mode

ट्वीटरले अहिले अल्फाको ५.११२.० भर्सनको परिक्षण गरिरहेको छ, जसमा नाईट मोड फीचर राखिएको छ । यो फीचरद्धारा प्रयोगकर्ताको ट्वीटर ह्वाइट ब्याकग्राउण्ड जसमा ब्ल्याक टेक्ट यूआई रहेको हुन्छ, स्वचालितरुपमा डार्कर ब्लू ब्याकग्राउण्डका साथमा ब्लू एलिमेन्ट र ह्वाइट टेक्स बेस हुनेछ । यो फीचर रात शुरु भएपछि वा निश्चित स्थानको आधारमा हुनेछ ।

हाल परिक्षण भईरहेको भर्सनमा यो फीचर अन अफ गर्ने व्यवस्था राखिएको छैन् तर तर परिक्षणसकिएपछि सार्वजनिक गर्दा अन अफ गर्न सकिने व्यवस्था हुनसक्नेछ । तर बिहानको समयमा यो फीचर स्वचालितरुपमा ह्वाइट डे मोडमा परिवर्तन हुने बताईएको छ ।

twitter-material-hamburger-1

twitter-material-hamgurger-2twitter-material-overflow-2

ट्वीटरको नाईट मोड फीचरका साथै ट्वीटरले नयाँ यूजर इन्टरफेस लेआउट (UI Layout) पनि परिक्षण गरिरहेको छ, जसमा ह्यामबर्गर स्लाइड मेनू, ओभरफ्लो बटन्स, तथा नयाँ ट्वीट लेख्नका लागि फ्लोटिंग एक्सन बटन्सको परिक्षण रहेका छन् ।

यो नाईट मोड फीचरका साथै नयाँ सुविधाहरु नयाँ लेआउटसँगै रिलिज हुने अनुमान गरिएको छ । तर पनि केहि सिमित प्रयोगकर्ताहरुले यो फीचर हाल प्रयोग गरिरहेका छन् ।

माध्यम १ , माध्यम २

easy care

प्रकाशित: ११ जेष्ठ २०७३, मंगलवार