एप्पलको आईफोन सेभेन प्लसमा ड्यूल क्यामरा, अडियो ज्याक हटाईयो

Technology Khabar ११ जेष्ठ २०७३, मंगलवार

एप्पलको आईफोन सेभेन प्लसमा ड्यूल क्यामरा, अडियो ज्याक हटाईयो
Classic Tech

काठमाण्डौं, ११ जेठ । एप्पलले  यहि वर्ष ल्याउने आईफोन सेभेन (iPhone 7) सिरिजको बारेमा विभिन्न समाचारहरु आउने क्रममा हालै आईफोन सेभेन तथा आईफोन सेभेन प्लसको मोल्डको तस्वीर सार्वजनिक भएको छ ।

हालै सार्वजनिक भएको उक्त तस्वीर हेर्दा आईफोन सेभेन प्लसमा (iPhone 7 Plus) दुईवटा रियर क्यामरा भएको देखिन्छ । तर आईफोन सेभेनमा भने एउटा क्यामरा मात्र रहेको देखिन्छ ।

यदि यो तस्वीर सहि हो भने यसमा स्मार्ट कनेक्टरको (Smart Connector) लागि कुनै स्थान राखिएको छैन् । यसअघि आईफोन सेभेन प्लसमा स्मार्ट कनेक्टर हुनसक्ने समाचारहरु आएका थिए । तर आईफोन सेभेन प्लसमा स्मार्ट कनेक्टरका लागि स्थान पछि पनि राख्न सकिने संभावना रहेको हुन्छ ।IPHONE 7

यहि साता आईफोन सेभेन प्लसमा ड्यूल क्यामरा हुने र ३५६ जीबीको स्टोरेज अप्शन राखिने जानकारी लीक भएको थियो । यो जानकारीअनुसार आईफोन सेभेन प्लसमा १६ जीबी/६५ जीबी/१२८ जीबीको स्टोरेज लाइनअप हुनेछ ।

त्यसैगरी फ्रान्सबाट आएको अर्को जानकारीअनुसार आईफोन सेभेनमा ३.५ मिलिमिटरको अडियो ज्याक नराखिने भएको छ ।

नाउह्वयरएल्सकाअनुसार लीक भएको तस्वीर हेर्दा आईफोन सेभेनमा ४ वटा स्पीकर ग्रील हुनसक्नेछ । नयाँ तस्वीरमा तल्लो भागमा २ स्पीकर ग्रील चार्जिंग पोर्ट तथा दुई वटा स्पीकर ग्रील सबैभन्दा माथिल्लो भागमा छ । यसअघि यस्तो ४ स्पीकर ग्रील एप्पलको आईप्याड प्रोमा प्रयोग गरिएको छ ।iphone7_rearpic_nowherelse

रिपोर्टकाअनुसार आईफोन सेभेनमा क्यामराको नजिकमा एन्टेना ब्याण्ड हटाईएको छ र यो ब्याण्डलाई अब डिभाइसको माथिल्लो भागमा वा तल्लो भागमा राखिनेछ । लीक भएको तस्वीर हेर्दा आईफोनको कलर तथा निर्माण गर्ने सामाग्रीहरु पनि केही फरक भएको देखिन्छ ।

आईफोन सेभेन र सेभेन प्लसको बारेमा विभिन्न दाबीका साथ नयाँ नयाँ समाचारहरु आई नै रहेपनि त्यसको स्पष्टता अझै हुन सकेको छैन् । तर जे भएपनि एप्पलले आईफोनको नयाँ सिरिज यहि वर्षको सेप्टेम्बरमा सार्वजनिक गर्नेछ ।

एजेन्सीको सहयोगमा

TK Viber

प्रकाशित: ११ जेष्ठ २०७३, मंगलवार

Loading...