माइक्रोम्याक्सको इन्ट्रि लेभलको स्मार्टफोन ‘बोल्ट सुप्रीम’ तथा ‘बोल्ट सुप्रीम टू’

Technology Khabar १० जेष्ठ २०७३, सोमबार

माइक्रोम्याक्सको इन्ट्रि लेभलको स्मार्टफोन ‘बोल्ट सुप्रीम’ तथा ‘बोल्ट सुप्रीम टू’
NTC_Advt

काठमाण्डौं, १० जेठ । माइक्रोम्याक्सले भारतीय बजारमा दुईवटा निकै सस्तो स्मार्टफोनहरु बोल्ट सुप्रीम (Bolt Supreme) तथा बोल्ट सुप्रीम २ (Bolt Supreme 2) सार्वजनिक गरेको छ । भारतीय कम्पनी माइक्रोम्याक्सले सार्वजनिक गरेको दुबै स्मार्टफोनमा थ्रीजी कनेक्टिभिटी राखिएको छ ।

माइक्रोम्याक्सको सस्तो नयाँ स्मार्टफोनहरुलाई कम्पनीले इन्ट्रि लेभलको स्मार्टफोनको रुपमा सार्वजनिक गरेको हो ।

माइक्रोम्याक्स बोल्ट सुप्रीममा ३.५ इन्चको डिस्प्ले राखिएको छ भने १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने ५१२ एमबी र्याम रहेको छ । यो स्मार्टफोनमा ४ जीबीको इन्टर्नल स्टोरेज छ जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ । यो फोनमा २ मेगापिक्सेलको रियर क्यामरा तथा भिजीए फ्रन्ट क्यामरा राखिएको छ । यसमा १२०० एमएएचको ब्याट्री राखिएको छ ।

त्यस्तै अर्को स्मार्टफोन माइक्रोम्याक्स बोल्ट सुप्रीम २ मा ३.९ इन्चको डिस्प्ले राखिएको छ भने १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ । यसमा ५१२ एमबीको र्याम राखिएको छ भने इन्टर्नल स्टोरेज ४ जीबीको छ, जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिनेछ ।

यो स्मार्टफोनमा पनि २ मेगापिक्सेलको रियर क्यामरा तथा भिजीए फ्रन्ट क्यामरा राखिएको छ । यसमा १४०० एमएएचको ब्याट्री राखिएको छ ।
भारतीय बजारमा बोल्ट सुप्रीमको मूल्य भारु २,७४९ तथा बोल्ट सुप्रीम २ को मूल्य भारु २,९९९ तोकिएको छ ।

प्रकाशित: १० जेष्ठ २०७३, सोमबार