सामसुंगको सि सिरीजको सि ५ र सि ७ फोन आउँदै, ४ जीबी र्याम र फिंगरप्रिन्ट स्क्यानर

Technology Khabar १० जेष्ठ २०७३, सोमबार

सामसुंगको सि सिरीजको सि ५ र सि ७ फोन आउँदै, ४ जीबी र्याम र फिंगरप्रिन्ट स्क्यानर

काठमाडौं ।

काठमाण्डौं, १० जेठ । सामसुंगले ग्यालेक्सी सिरिजको नयाँ स्मार्टफोन सि ५ (Galaxy C5) तथा सि ७ (C7) यहि २६ तारिखमा लन्च गर्ने तयारीमा रहेको छ । कम्पनीले नयाँ सिरिजको ग्यालेक्सी सि ५ तथा सि ७ स्मार्टफोन चीनमा आयोजना गरिने इभेन्टमा सार्वजनिक गर्न लागिएको विभिन्न एजेन्सीहरुले जानकारी दिएका छन् ।

यसअघि यो सि सिरिजको स्मार्टफोन क्यानाडाका लागि मात्र भनेर आउन लागेको विभिन्न अनुमान भएपनि अहिले कम्पनीले नयाँ सिरिज चीनमा सार्वजनिक गर्न लागेको स्पष्ट भएको हो । सामसुंगको ग्यालेक्सी सि ५ र सि ७ स्मार्टफोनको विभिन्न जानकारी तथा तस्विरहरु सार्वजनिक भईरहेका छन् । कतै यो चीनका लागि मात्र ल्याउन लागिएको स्मार्टफोन हो की भन्ने अनुमान पनि गर्न थालिएको छ ।galaxy-c5-leaked-4

ग्यालेक्सी सि ५ तथा अर्को फोन ग्यालेक्सी सि सेभेन मेटल यूनिबडी तथा एन्टेना ब्याण्डका साथ देखिएका छन् । यी दुबै फोनहरुको फ्रन्ट प्यानलमा होम बटन राखिएको छ जसमा फिंगरप्रिन्ट स्क्यानर हुनसक्ने छ ।

ग्यालेक्सी सि ५ स्मार्टफोनमा ५.२ इन्चको डिस्प्ले राखिएको छ भने सि सेभेनमा ५.७ इन्चको डिस्प्ले राखिएको छ । दुबै स्मार्टफोनको डिस्प्ले १०८०x१९२० पिक्सेल रिजोल्यूशनसहितको हुनेछ ।

एन्ड्रोयडको मार्शमाल्लो ६.०.१ भर्सनमा आधारित यो स्मार्टफोनमा ४ जीबीको र्याम राखिएको छ । त्यसैगरी यसमा स्न्यापड्रयागन ६१७ अक्टा कोर चीपसेटका साथमा एड्रेनो ४०५ जीपीयू राखिएको छ ।galaxy-c5-leaked-3

यो फोनमा १६ मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ भने सि ५ स्मार्टफोनमा ३६०० एमएएचको ब्याट्री तथा सि सेभेन स्मार्टफोनमा ३३०० एमएएचको ब्याट्री हुनसक्ने संभावना छ । यो फोनको पछाडिको भागमा दुईवटा एलईडी फ्ल्याश राखिएको छ ।

चीनमा सार्वजनिक हुने ग्यालेक्सी सि ५ स्मार्टफोनको मूल्य १,५९९ यूआन तथा सि सेभेनको मूल्य १,७९९ यूआन हुनसक्ने चीनबाट आएका विभिन्न जानकारीमा उल्लेख छ । तर अझै पनि यी स्मार्टफोनहरुको मूल्य कति राखिन्छ भन्ने कुनै ठोस जानकारी छैन ।

माध्यम

telecom
easy care

प्रकाशित: १० जेष्ठ २०७३, सोमबार