वाणिज्य बैंक र विकास बैंकका सञ्चालक समितिका सदस्यलाई तालिम

Technology Khabar १० जेष्ठ २०७३, सोमबार

वाणिज्य बैंक र विकास बैंकका सञ्चालक समितिका सदस्यलाई तालिम

काठमाडौं ।

काठमाडौं, १० जेठ । नेशनल बैंकिङ् इन्ष्टिच्युटले यहि जेठ ७ र ८ गते वाणिज्य बैंक र विकास बैंकका सञ्चालक समितिका सदस्यहरुको लागि “Directors Refresher Course” विषयक २ दिने आवासीय तालीम सम्पन्न गरेको छ । कार्यक्रममा वाणिज्य बैंक तथा विकास बैंकका सञ्चालक समितिका अध्यक्ष र सदस्यहरु गरी ४० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमका सञ्चालक समितिको भूमिका र दायित्व, संस्थागत सुशासन, जोमिख व्यवस्थापन र बलियो वित्तीय संस्थाको लागि बलियो सञ्चालक समिति विषयहरुमा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारी र बैंक तथा वित्तीय संस्था नियमन विभाग नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डेले प्रस्तुती दिएका थिए ।

सञ्चालक समितिले बैंक तथा वित्तीय संस्थाको नीति नियम बनाउँदा समय समयमा अद्यावधिक भएको नीति, नियम, निर्देशिका तथा परिपत्रहरुलाई ध्यानमा राख्नु निकै आवश्यक हुन्छ । यही कुरालाई मध्येनजर गरेर नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटले सञ्चालक समितिका अन्य सदस्यहरुका लागि तालिम आयोजना गरेको ईन्ष्टिच्युटले जनाएको छ ।

easy care

प्रकाशित: १० जेष्ठ २०७३, सोमबार