टिभिएस जेस्ट नेपाली बजारमा

Technology Khabar ९ जेष्ठ २०७३, आईतवार

टिभिएस जेस्ट नेपाली बजारमा

काठमाडौं ।

काठमाण्डौ, ९ जेठ । नेपालका लागि टिभिएस मोटर्स कम्पनी भारतको स्कुटर र मोटरसाईकलको लागि आधिकारीक विक्रेता रहेको जगदम्बा मोटर्सले ‘टिभिएस जेस्ट’ नयाँ स्कूटि रेन्ज बजारमा ल्याएको छ । ट्रेन्डि लुक भएको टिभिएस जेस्टको महिला मैत्रि डिजाईन भएको कम्पनीको भनाई छ ।

टिभिएस जेस्टमा ११० सिसिको इन्जिन रहेको छ भने भरपर्दो र इन्धन किफायति रहेको कम्पनीले दाबी गरेको छ  ।

यसमा अगाडि र पछाडि एन्टि स्किड ट्युवलेस टायर राखिएको छ भने टेरिफिक टर्कवेज, पावरफुल पिंक, डाइनामिक ब्ल्याक, फियरि रेड र डेरिङ्ग ब्ल्याक गरि ५ आकर्षक रंगहरुमा उपलब्ध छ ।

कम्पनीले टिभिएस जेस्टको मूल्य नेपाली बजारमा रु. १५९९००/– तोकिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

Global Bank
easy care

प्रकाशित: ९ जेष्ठ २०७३, आईतवार