Technology Khabar ६ जेष्ठ २०७३, बिहीबार
काठमाडौं ।
काठमाडौं, ६ जेठ । भिमसरिया ग्रुप अन्र्तगतको जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्स प्रालिले एप्पलको आईफोन एसई (iPhone SE) नेपाली बजारमा भित्र्याएको छ । एप्पलको चार इन्चको स्क्रीन भएको आईफोन एसई नेपाली बजारमा आजदेखि आधिकारिक रुपमा उपलब्ध भएको छ ।
‘बिग स्टेप फर स्मल’ भन्ने नाराका साथ विश्व बजारमा आएको आईफोन एसई यसअघि सार्वजनिक भएका आईफोन फाईभ र आईफोन सिक्सको समिश्रण भएको कम्पनीले जानकारी दिएको छ । मध्यम वर्गलाई लक्षित गरि ल्याईएको आईफोन एसई नेपाली बजारमा १६ जीबी र ६४ जीबीमा मात्र उपलब्ध हुनेछ ।
स्पेस ग्रे, सिल्भर, गोल्ड र रोज गोल्ड कलर अप्समा नेपालमा उपलब्ध हुने आईफोन एसई १६ जीबीको मूल्य ५८ हजार रुपैंया र ६४ जीबीको मूल्य ७१ हजार रुपैंया रहेको कम्पनीले जानकारी दियो ।
नेपालमा ल्याईएको आईफोन एसईमा विश्वभर मान्य हुने १ वर्षको वारेन्टी रहेको र ईभो स्टोर, फ्यूचर वल्र्ड, ओलीज स्टोर र सोनी मोबाइलका साथै अन्य स्टोरमा पनि खरिदका लागि उपलब्ध भएको कम्पनीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यसैबिच आईफोनसहित एप्पलका उत्पादनहरु बिक्री गर्ने ओलीज स्टोरले (Oliz Store) पनि आफ्नो स्टोरबाट आईफोन एसई खरिद गर्न सक्ने जानकारी दिएको छ । ओलीज स्टोरकाअनुसार आईफोन एसई १६ जीबी स्टोरेजको मूल्य ५७ हजार ९ सय ५० रुपैंया तथा ६४ जीबी स्टोरेजको मूल्य ७० हजार ९ सय ५० रुपैंया रहेको छ ।
प्रकाशित: ६ जेष्ठ २०७३, बिहीबार