ह्वावेको जीआर थ्री स्मार्टफोन नेपाली बजारमा, युवा केन्द्रित फोरजी फोन

Technology Khabar ५ जेष्ठ २०७३, बुधबार

ह्वावेको जीआर थ्री स्मार्टफोन नेपाली बजारमा, युवा केन्द्रित फोरजी फोन
Classic Tech

काठमाडौं, ५ जेठ । ह्वावे (Huawei) ब्राण्डले आफ्नो जी सिरिजको नयाँ स्मार्टफोन जीआरथ्री (GR3) हालै नेपाली बजारमा सार्वजनिक गरेको छ ।

नवीनतम प्रविधि भएको उक्त प्रिमियम स्मार्टफोनको नेपाली बजारमा अधिकतम मूल्य रु.२१,९९९/- तोकिएको कम्पनीले जानकारी दिएको छ । उक्त स्टाइलिस् जीआर थ्री तीन वटा कलरहरु–टाइटेनियम ग्रे, सिल्भर र स्याम्पियन गोल्डमा उपलब्ध छ । यो फोनमा राम्रो कनेक्टिभिटी र डिजाइनको उत्कृष्ट मिश्रण रहेको छ ।hw_468213

तीव्र पर्फरमेन्स

युवा पुस्तालाई ध्यानमा दिएर ह्वावेले नयाँ पद्धतिको प्रयोग गरी जीआरथ्री बजारमा लन्च गरेको जनाएको छ । यो स्मार्टफोनमा अक्टा कोर ६४ बिटको सीपीयू राखिएको छ भने यसले फोरजी एलटीई क्याच फोर (4G LTE Cat4) नेटवर्क समेत सपोर्ट गर्दछ । यसै कारणले गर्दा यो फोन उत्कृष्ट पर्फरमेन्स र फाष्ट प्रोसेसिङ स्पीड भएको ज्यादै प्रभावकारी फोन भएको कम्पनीको दाबी छ । यस फोनमा २ जीबीको र्याम र १६ जीबीको इन्टरनल स्टोरेज राखिएको छ ।

आकर्षक डिजाइन

ह्वावेको जीआर थ्री स्मार्टफोनमा ५ इन्चको एचडी डिस्प्ले रहेको छ, जसमा ७२० पिक्सेलको रिजोल्यूशन राखिएको छ । यसमा ६८ प्रतिशत प्यानलको १६० डिग्री वाइड भ्यूईङ्ग एङ्गल रहेको छ ।

जीआर थ्रीको डिजाइन निकै नै सरल र उत्कृष्ट रहेको कम्पनीको भनाई छ । फोनको पछिल्लो भागमा रहेको आल्मुनियम ब्याक कभर डिजाइनलाई निकै नै होशियारीपूर्वक आर्क आकार दिईएको छ, जसले गर्दा यो फोनलाई निकै सरल तरिकाले समात्न र प्रयोग गर्न सकिन्छ । जीआर थ्रीको स्लिम फस्लेज् र एभिएसन आल्मुनियम एलोए बडीले यसलाई निकै नै पातलो र हल्का बनाएको छ । यसमा प्रयोग गरिएको एल आकारको बनोटले उत्कृष्ट पर्फमेन्सका साथ पृथक लुक पनि दिएको छ ।item_XL_9940340_11936435

हरेक पललाई रचनात्मक तरिकाले कैद गर्ने क्यामरा

ह्वावेको यस स्मार्टफोनमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । अडियो क्यामरा कन्ट्रोल, अल्ट्रा फास्ट स्न्यापसट्, प्यानोरोमिक सेल्फीलगायतका फीचरहरु राखिएका छन् ।

ह्वावे टेक्नोलोजीज नेपाल कम्पनी लिमिटेडले नेपालमा ह्वावे स्मार्टफोनको बजार हेरिरहेको छ ।

प्रकाशित: ५ जेष्ठ २०७३, बुधबार

Comments are closed.

Loading...