पर्यटन प्रबद्र्धनका लागि अतिथि देवो भवः अभियान

Technology Khabar ५ जेष्ठ २०७३, बुधबार

पर्यटन प्रबद्र्धनका लागि अतिथि देवो भवः अभियान
Classic Tech

काठमाडौं, ५ जेठ । नेपालको पर्यटन क्षेत्रलाई अन्तराष्ट्रिय क्षेत्रमा प्रबद्र्धन गर्नका लागि अतिथि देवो भवः अभियान संचालन गरिने भएको छ । पर्यटन प्रबद्र्धनका लागि ल्याईएको उक्त अभियान संचालन गर्न नेपाल पर्यटन बोर्ड र गैर आवासिय संघ नेपालबिच सम्झौतामा हस्ताक्षर भएको छ ।

मंगलबार राजधानीमा आयोजित सम्झौता कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशी र गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा एनआरएनएअन्तरगत टूरिज्म प्रोमोसन नेपाल कमिटिका अध्यक्ष भवन भट्टले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दराज पोखरेलको उपस्थितीमा हस्ताक्षर गरे । उक्त अभियानलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि सहयोग गर्ने छ ।

यस अभियानको मुख्य उद्देश्य नेपालमा गुणात्मक र संख्यात्मक पर्यटक आगमन बढाउनु रहेको छ भने यसले विदेशमा नेपालका पर्यटकीय क्षेत्र तथा आतिथ्यको ७५ मुलुकमा रहेको एनआरएनए नेटवर्क प्रयोग गरी त्यहाँका सरकारी निकायका साथै नेपालीको सहयोगमा विभिन्न कार्यक्रम गरी अतिथि देवो भवः अभियान विदेशमा पनि प्रचार–प्रसार गर्ने । सो कार्यलाई विश्वस्तरमा परिणाममुखी बनाउन एनआरएनएका ७५ देशका एनसीसीका अध्यक्षलाई सदभावना राजदूत बनाउने रहेको छ ।

त्यसैगरी पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्ने र आन्तरिक पर्यटन वृद्घि गर्ने पनि उदेश्य राखिएको जानकारी दिईयो ।

TK Viber

प्रकाशित: ५ जेष्ठ २०७३, बुधबार

Loading...