सामसङ डिजिटल प्लाजा अब नेपालगञ्जमा

Technology Khabar ५ जेष्ठ २०७३, बुधबार

सामसङ डिजिटल प्लाजा अब नेपालगञ्जमा
NTC_Advt

काठमाडौं ।

काठमाडौँ, ५ जेठ । ग्राहकहरुको विशेष सुविधालाई ध्यानमा राख्दै सामसङको नेपालको लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले अत्याधुनिक र सुविधा सम्पन्न सामसङ डिजिटल प्लाजा सुर्खेत रोड, नेपालगञ्जमा शुरुवात गरेको छ । सामसङका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसङका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले सुविधा सम्पन्न सामसङ डिजिटल प्लाजा, सुर्खेत रोड, नेपालगञ्जमा खोलिएको हो ।

नेपालगञ्ज उद्योग व्यापार संघका अध्यक्ष–कृष्ण प्रसाद श्रेष्ठ, सामसङ नेपालका सिई मेनेजर–सुजन राजा श्रेष्ठ र हिम इलेक्ट्रोनिक्स रिटेल मेनेजर–प्रिया अग्रवालले शोरुमको उद्घाटन गरेका थिए ।

उक्त सामसङ डिजिटल प्लाजाले सामसङ्गका विश्वस्तरिय उत्पादनहरु एलईडी टिभी, मोबाइल, रेफ्रिजेरेटर, भ्याकूम क्लिनर, वासिंग मेसिन, माइक्रोवेभ ओभन लगायतका सामसङ्गका सामानहरु विक्री गर्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । काठमाडौं उपत्यका भित्र ८ वटा र बाहिर ४ वटा गररे हालसम्म १२ बटा सामसङ प्लाजा खुुलि सकेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ५ जेष्ठ २०७३, बुधबार