वान प्लस थ्रीमा यूएसबी टाइप-सी पोर्ट हुने, नयाँ स्मार्टफोनको लाइभ इमेज आयो

Technology Khabar ३ जेष्ठ २०७३, सोमबार

वान प्लस थ्रीमा यूएसबी टाइप-सी पोर्ट हुने, नयाँ स्मार्टफोनको लाइभ इमेज आयो

काठमाडौं ।

काठमाडौं, ३ जेठ । वानप्लस स्मार्टफोनको नयाँ फ्ल्यागशिप वान प्लस थ्रीको (One Plus 3) बारेमा विभिन्न समाचारहरु सार्वजनिक भई नै रहेका छन् । यहि बिचमा वान प्लस थ्रीको बारेमा नयाँ जानकारी लीक भएको छ ।

अहिले वानप्लस थ्रीको विभिन्न भागको लाइभ इमेज सार्वजनिक भएको छ । लाइभ इमेजमा वान प्लस थ्रीको अगाडिको भाग तथा तल्लो भागको बारेमा जानकारीहरु देखिएको छ ।

यसको तल्लो भागको तस्विरमा स्पीकर ग्रील तथा यूएसबी टाइप सी पोर्ट (USB type C port) राखिएको देखिन्छ । त्यसैगरी यसको अग्रभागको तस्विरमा होम कि हाउस स्क्रीनको तल्लो भागमा राखिएको देखिन्छ, जसमा फींगरप्रिन्ट सेन्सर पनि राखिएको छ ।

यसको तस्विर हेर्दा यो फोन चर्चा गरिए जस्तो विशेष फरक किसिमको नभएको अनुमान गर्न सकिन्छ ।One Plus 3_01

वान प्लसको नयाँ फ्ल्यागशिपमा ५ इन्चको फूलएचडी डिस्प्ले राखिएको अनुमान छ । त्यसैगरी यो फोनमा स्न्यापड्रयागन ८२० चीपसेटका साथमा ४ जीबी अथवा ६ जीबीको र्याम रहनेछ ।

वान प्लस थ्रीको मूल्य करिब ३०० अमेरिकी डलर हुने अनुमान गरिएको छ ।

माध्यम

easy care

प्रकाशित: ३ जेष्ठ २०७३, सोमबार