भोडाफोन इण्डियाको विज्ञापन भक्तपुरमा खिचियो, सूपरनेट सेवाको बारेमा विज्ञापन

Technology Khabar २ जेष्ठ २०७३, आईतवार

भोडाफोन इण्डियाको विज्ञापन भक्तपुरमा खिचियो, सूपरनेट सेवाको बारेमा विज्ञापन

काठमाडौं, २ जेठ । अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेसन कम्पनी भोडाफोनको (Vodafone) सेवा छिमेकी मुलुक भारतमा पनि उपलब्ध रहेको छ । बेलायतमा आधारित रहेर विभिन्न मुलुकमा सेवा प्रदान गर्दै आएको भोडाफोनले भारतमा पनि टेलिकम्यूनिकेन्स सेवा प्रदान गरिरहेको छ । भारतमा सेवा दिईरहेको भोडाफोन इण्डिया लिमिटेड कम्पनीले हालै नेपालको भक्तपुरमा शुटिंग गरेको नयाँ विज्ञापन भारतीय टेलिभिजन तथा यूट्यूब च्यानलमा सार्वजनिक गरेको छ ।

भारतीय बजारमा कम्पनीले सूपरनेटको (SuperNet) नाममा विभिन्न अफरहरु भारतीय ग्राहकहरुलाई प्रदान गरिरहेको छ भने यसको बजार प्रबद्र्धनमा विभिन्न किसिमका विज्ञापनहरु प्रशारण गरिरहेको छ । यस्तै आफ्नो सुपरनेटको बारेमा नेपालमा शुटिंग गरिएको विज्ञापन भारतीय टेलिभिजन च्यानलहरुमा प्रशारण गरेको हो ।

भोडाफोनको आधिकारीक यूट्यूब च्यानलमा राखिएको यो भिडियोमा सूपरनेटका साथमा रहेका सूपर ड्याडको बारेमा देखाईएको छ । एक बाबुले आफ्नी सानी छोरीको लागि शौचालय खोज्न स्मार्टफोनमा सूपरनेटको प्रयोग गरेको देखाईएको छ । भिडियोमा हरेक गल्लीको बारेमा स्मार्टफोनबाट जानकार लिँदै बाटोको खोजी गर्दछन र अन्त्यमा सार्वजनिक शौचालयसम्म पुग्न सफल हुन्छन् ।Vodafone

स्मार्टफोनमा भोडाफोनको सूपरनेट प्रयोग गरिएको र त्यसको सहयोगमा म्यापमा रिरुट गरेर सम्बन्धित स्थानसम्म पुग्न सफल भएको सन्देश यो भिडियोमा रहेको छ । भारतीय बजारमा कम्पनीले माेबाइलमा आफ्नो फास्ट इन्टरनेट सेवाको बारेमा विभिन्न जानकारी तथा विज्ञापन दिनका लागि यो विज्ञापन बनाएको देखिन्छ ।

नेपालमा कुनै सेवा नै नभएको भोडाफोनले नेपालको भक्तपुरमा किन विज्ञापनको सुटिंग गर्यो भन्ने जिज्ञासा हुनु स्वभाविक हो । हालसम्म यो टेलिकम्यूनिकेसन कम्पनी नेपालमा छैन् ।

नेपालमा भएको शुटिंग

नेपालमा शुटिंग गरिएको यो विज्ञापन भारतमा रहेको ओगील्भी एण्ड म्याथर (Ogilvy & Mather) विज्ञापन एजेन्सीले गरेको हो । भोडाफोनको लागि उक्त एजेन्सीले नेपालमा आफ्नै कर्मचारीहरु खटाएर ३ दिन लगाएर शुटिंग गरेको विज्ञापनको क्षेत्रमा रहेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार करिब २ महिना अगाडि यो विज्ञापन भक्तपुरमा खिचिएको हो, जुन भोडाफोन भारतको सेवाको लागि उपयोग गरिएको हो ।

नेपालमा रहेका विभिन्न विज्ञापन एजेन्सीसँगको सहकार्यमा नभई भारतीय एजेन्सीले सिधै नेपालमा शुटिंग गरेको हो । जबकी नेपालमा प्रिज्मा एड्भर्टाईजिंग ओगील्भी एण्ड म्याथरसँग एशोसिएट रहेको छ ।

भोडाफोन इण्डियाले हाल यूट्यूबमा पनि राखेको यो विज्ञापनको बारेमा उक्त च्यानल हेर्ने दर्शकहरुबिच पनि निकै चर्चा पाएको छ । कम्पनीले “बी अ सूपर ड्याड विथ भोडाफोन सूपरनेट रिरुट म्याप इन्ट्यान्टली एड” भन्ने नाममा यहि मे ११ तारिखमा यूट्यूबमा राखिएको उक्त विज्ञापन हालसम्म २ लाख भन्दा बढिले हेरिसकेका छन् ।

सार्वजनिक भएको भिडियोमा भक्तपुरको विभिन्न ऐतिहासिक र पुरातात्विक मन्दिरहरुलाई देखाईएको छ भने त्यहाँको सार्वजनिक जनजीवनको बारेमा पनि देखाईएको छ ।

अन्य विषय जे भएपनि यो विज्ञापनले ऐतिहासिक र पुरातात्विक भक्तपुरको बारेमा भने सकारात्मक संदेश दिने तथा नेपालकाे पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने अनुमान गर्न सकिन्छ ।

स्रोत

प्रकाशित: २ जेष्ठ २०७३, आईतवार

Comments are closed.

Loading...