एक्सक्लूसिभ: वान प्लस ब्राण्ड नेपाल भित्रियो, वान प्लस एक्स स्मार्टफोनको बिक्री आईतवारदेखि

Technology Khabar ३१ बैशाख २०७३, शुक्रबार

एक्सक्लूसिभ: वान प्लस ब्राण्ड नेपाल भित्रियो, वान प्लस एक्स स्मार्टफोनको बिक्री आईतवारदेखि
वान प्लस एक्स स्मार्टफोन सार्वजनिक गर्दै अाईहबका लाेकेश वली शिरिष मुरारका तथा भूपाल क्षेत्रीः मोबाइल्सखबर डटकम

काठमाडौं ।

काठमाडौं, ३१ वैशाख । वान प्लस (One Plus/1+) ब्राण्डका स्मार्टफोनहरु अब नेपालमा आधिकारिकरुपमा नै किन्न सकिने भएको छ । वान प्लसले नेपाली बजारमा आफ्नो उपस्थिती जनाएसँगै वान प्लसको पहिलो औपचारिक स्मार्टफोनको रुपमा वान प्लस एक्सको (One Plus X) बिक्री शुरु भएको छ ।

अन्तराष्ट्रिय बजारमा चर्चित ब्राण्डको रुपमा रहेको वान प्लसको फोनहरु नेपाली बजारमा आई हब प्रालिले (I Hub Pvt. Ltd.) ल्याएको हो । कम्पनीले पहिलो पटक वान प्लसलाई अनलाइनमार्फत औपचारिकरुपमा सार्वजनिक गर्ने भएको छ । यसको लागि ई-कमर्श साइट केमू डट कम डट एनपी(Kaymu Nepal/www.keymu.com.np) मार्फत एक्सक्लूसिभली बिक्री गर्ने भएको छ ।

हाल बुकिंग गरिरहेको वान प्लस एक्स अर्को साता आईतवारदेखि बिक्री शुरु हुनेछ । वान प्लस एक्सका लागि हालसम्म करिब १ सय भन्दा बढि बुकिंगहरु भईसकेको कम्पनीका संचालक शिशिर मुरारकाले जानकारी दिए । “हामीले वान प्लसका लागि निकै राम्रो प्रतिकृया पाईरहेका छौं” उनले भने, “ग्राहकहरुले अझै जानकारी मागी रहेका छन् ।”

One-Plus-X_mobileskhabar_03
वान प्लस एक्सको पहिलो बिक्रीका लागि एक्सक्लूसिभ अनलाईन पार्टनर रहेको केमूकी जनसम्पर्क व्यवस्थापक रश्मी अग्रवालका अनुसार आईतवारदेखि नै बुकिंग गर्ने ग्राहकहरुले स्मार्टफोन प्राप्त गर्नेछन् । उनले भनिन् “यो स्मार्टफोन बिक्रीले अनलाईन सपिंगमा ग्राहकको आकर्षण बढाउने अपेक्षा छ ।” आईतवारसम्म वान प्लस एक्सको बुकिंग गर्ने ग्राहकलाई सर्भिसमा पनि प्राथमिकता दिने जनसम्पर्क व्यवस्थापक अग्रवालले जानकारी दिईन् ।

वान प्लस एक्स स्मार्टफोनः मोबाइल्सखबर डटकम
वान प्लस एक्स स्मार्टफोनः मोबाइल्सखबर डटकम

हाल वान प्लस एक्सको प्रबद्र्धनात्मक मूल्य २६ हजार ९ सय ९९ रुपैंया तोकिएको छ । यो मूल्यमा केमूमार्फत कम्पनीले पहिलो एक साता मात्र बिक्री गर्नेछ भने त्यसपछि यसको अधिकतम बजार मूल्य २८ हजार ९ सय रुपैंया तोकिने जानकारी दिएको छ । मूरारकाले भने, “हामीले पहिलो साता प्रबद्र्धनात्मक मूल्यमा बिक्री गर्ने छौं भने अर्को सातादेखि अन्य स्टोरबाट पनि बिक्री गर्नेछौं, जुन एमआरपीमा बिक्री हुन्छ ।”

कम्पनीले वान प्लसका फोनहरु अनलाईनमार्फत बिक्री गर्ने र सिधै रिटेलमार्फत बिक्री गर्ने हुँदा कम मूल्यमा खरिद गर्न सकिने दाबी गरेको छ ।

पहिलो पटक नेपालमा भित्र्याउन लागेको वान प्लसको बिक्रीपछिको सेवा पनि दिने कम्पनीका अर्का संचालक लोकेश वलीले बताए । उनले भने, “अहिले ओलीज स्टोर र ताम्राकार हाउसमा रहेको माइक्रोम्याक्सको सर्भिस सेन्टरबाट सेवा दिने छौं ।”

वान प्लस एक्स स्मार्टफोनः मोबाइल्सखबर डटकम
वान प्लस एक्स स्मार्टफोनः मोबाइल्सखबर डटकम

कम्पनीले आगामी दिनमा वान प्लसका लागि छुट्टै सुविधायुक्त सर्भिस सेन्टर खोल्ने जानकारी दिएको छ । “हामी आगामी ३ महिनाभित्र वान प्लसको सर्भिस सेन्टर संचालन गर्नेछौं”, संचालक मुरारकाले भने ।

कम्पनीले यो वर्ष भित्रै मुलुकभर ७० भन्दा बढि वान प्लसको रिटेलर शप स्थापना गर्ने जानकारी दिएको छ । वान प्लसको बिक्री प्रबद्र्धनका लागि कम्पनीले विभिन्न क्याम्पेन गर्ने जानकारी पनि दिएको छ ।

वान प्लस आईकन्स (एयरफोन)

वान प्लस फोनको आधिकारिक आयातकर्ता तथा बिक्रेताको रुपमा रहेको आई हबले केहि साताभित्रै वान प्लसको विशेष एयर फोन नेपाली बजारमा ल्याउने भएको छ । वान प्लस आइकनको नामबाट विश्व बजारमा चिनिने यो एयरफोन नेपाली बजारमा करिब ६ हजार ५ सय रुपैंयामा खरिद गर्न सकिने संचालक ओलीले बताए ।

नेपालमा वान प्लस ब्राण्ड भित्र्याउने आई हव कम्पनीमा पशुपति ट्रेड लिंक प्रालि र ओलीज स्टोरले संयुक्तरुपमा लगानी गरेका हुन् । पशुपति ट्रेड लिंकले हाल नेपालमा माइक्रोम्याक्स तथा कार्बन ब्राण्डका फोनहरु आयात तथा बिक्री गरिरहेको छ भने ओलीज स्टोर एप्पलका ब्राण्डेड उत्पादनहरुको बिक्रेताको रुपमा परिचित रहेको छ ।

यो स्मार्टफोन बुकिंग गर्नको लागि ग्राहकले केमूको विशेष इभेन्ट पेजमा गएर एउटा फर्म भर्नुपर्ने हुन्छ । उक्त फर्ममा भएको जानकारीको आधारमा कम्पनीले ग्राहकको स्थानसम्म नै वान प्लस एक्स डेलिभरी गर्ने जानकारी दिएको छ । वान प्लस एक्स खरिद गर्न यहाँ फर्म भर्न सकिन्छ ।

उक्त इभेन्ट पेजअनुसार हालसम्म ४९६ जनाले यो स्मार्टफोनको बारेमा रुची राखेका छन भने ५ हजार भन्दा बढिलाई फोनका लागि पेजमा इन्भाईट गरिएको छ ।

वान प्लस एक्सको फीचर

हाल केमूमा एक्सक्लूसिभ बिक्रीका लागि राखिएको वान प्लस एक्स स्मार्टफोन सन् २०१५ को अक्टोबरमा विश्व बजारमा सार्वजनिक भएको थियो ।

यो स्मार्टफोनमा ५ इन्चको फूल एचडी एमोलेड क्यापासिटिभ टच स्क्रीन रहेको छ, जसको पिक्चर रिजोल्यूशन १०८०x१९२० पिक्सेल रहेको छ । यसको स्क्रीनलाई कोर्निंग गोरिल्ला ग्लस ३ द्धारा सुरक्षित पारिएको छ ।

एन्ड्रोयडको ललीपप ५.१.१ भर्सनको अपरेटिंग सिस्टममा आधारित यो स्मार्टफोनमा दुई सिम सपोर्ट गर्दछ । यो स्मार्टफोनमा क्वालकम स्न्यापड्रयागन ८०१ चीपसेटका साथमा २.३ गीगाहर्जको क्वाड कार क्रेट ४०० सीपीयू राखिएको छ । यो फोनमा ३ जीबीको र्याम तथा १६ जीबीको इन्टरनल स्टोरेज रहेकोछ, जसलाई बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ ।

वान प्लस एक्समा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । त्यस्तै यसमा झिक्न नसकिने २५२५ एमएएचको नन रिमूभेवल ब्याट्री राखिएको छ । विश्व बजारमा ओनिक्स, सेरामिक र स्याम्पेन कलर अप्सनमा किन्न सकिने यो स्मार्टफोन नेपालमा भने ओनिक्स कलरमा मात्र उपलब्ध हुनेछ ।

विश्व बजारमा यो स्मार्टफोनको मूल्य करिब २५० अमेरिकी डलर रहेको छ भने छिमेकी मुलुक भारतमा यसको मूल्य भारु १६,९९९ रुपैंया तोकिएको भएपनि अम्याजन इण्डियामा भारु १४,९९९ मा खरिद गर्न सकिन्छ ।

Global Bank
easy care

प्रकाशित: ३१ बैशाख २०७३, शुक्रबार

ताजा समाचार