यू ब्राण्डको ‘यूनिकर्न’ आउँदै, सबै स्मार्टफोनहरुको रेकर्ड तोड्ने दाबी

Technology Khabar ३० बैशाख २०७३, बिहीबार

यू ब्राण्डको ‘यूनिकर्न’ आउँदै, सबै स्मार्टफोनहरुको रेकर्ड तोड्ने दाबी
Classic Tech
Nepal Telecom

काठमाडौं, ३० वैशाख । भारतीय कम्पनी यू टेलिभेन्चर्सले (Yu Televentures) छिटै नयाँ स्मार्टफोन ल्याउने भएको छ । कम्पनीले यूनिकर्न (YUNICORN) नाममा भारतीय बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । ‘दि फोन दयाट वील रिडिफाईन फ्ल्यागशिप्स’ स्लोगनमा नयाँ स्मार्टफोन आउन लागेको हो ।

माइक्रोम्याक्सका को-फाउण्डर राहुल शर्माले स्थापना गरेको यू ब्राण्डको नयाँ स्मार्टफोनको बारेमा केहि समय अघि एउटा टिजर आईसकेको छ । यू ब्राण्डको यूनिकर्न स्मार्टफोन मे महिना भित्रै भारतीय बजारमा सार्वजनिक हुनेछ । कम्पनीले यहि मे १९ तारिखमा नयाँ दिल्लीमा आयोजना गर्ने कार्यक्रमको निम्तो पनि पठाईसकेको विभिन्न संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यसअघि यू ब्राण्डमा यूटोपिया, यूरेका तथा यूनिक सिरिजमा विभिन्न स्मार्टफोनहरु आईसकेका छन् । यू ब्राण्डमा आएका सबै मोडलहरु क्यानोजेनमोडमा आधारित रहेका छन् । तर अब आउने नयाँ स्मार्टफोन भने एन्ड्रोयडमा आधारित हुने बताईएको छ ।

यू ब्राण्डको नयाँ स्मार्टफोनको केहि जानकारीहरु लीक भएका छन् । लीक भएका जानकारीअनुसार यो स्मार्टफोनको मूल्य भारु १५,००० भन्दा कम तोकिने अनुमान छ भने एन्ड्रोयडमा आधारित हुनेछ ।

हाल माइक्रोम्याक्स र यू ब्राण्डको उपस्थिती बजारमा सँगसँगै रहेको देखिन्छ । तर यू ब्राण्डले थप विभिन्न उत्पादनहरु पनि ल्याउने तयारी गरेको छ । यू ब्राण्डमा नै केहि स्वास्थ्यसँग सम्बन्धित उत्पादनहरु जस्तै फिटनेस ब्याण्ड ल्याईसकेको छ ।

यदि यू ब्राण्डको यूनिकर्नको मोडल नम्बर वाईयू५५३० राखिएको हो भने यसमा मिडिया टेक हेलियो एक्स १० चीपसेटका साथमा ४ जीबीको र्याम हुने केहि अघि बेन्चमार्कमा देखिएको जानकारीअनुसार भन्न सकिन्छ ।

यसअघि सार्वजनिक भएको टिजरमा राहुल शर्माले आउन लागेको स्मार्टफोनको बारेमा केहि जानकारी दिएका थिए । भिडियोमा को फाउण्डर शर्माले एउटा जहाजको मोडल तोडिरहेको देखिन्छ । उनले यो स्मार्टफोन निकै आकर्षक भएको र सबैलाई मनपर्ने अपेक्षा गरेका छन् । यसका साथै यो स्मार्टफोनले अधिकांश रेकर्ड तोड्ने दाबी उनले गरेका छन् ।

कम्पनीले केहि समय अघि यू ब्राण्डको यूरेका नोट सार्वजनिक गरेको थियो । यूरेका नोटमा ६ इन्चको डिस्प्ले राखिएको छ भने यसमा १.५ गीगाहर्जको अक्टाकोर प्रोसेसरका साथमा ३ जीबी र्याम छ ।

माध्यम १ माध्यम २

TK Viber

प्रकाशित: ३० बैशाख २०७३, बिहीबार

Loading...