सामसुंगको २५६ जीबीको माइक्रोएसडी कार्ड, १२ घण्टासम्मको फोरके भिडियो स्टोरेज हुने

Technology Khabar २९ बैशाख २०७३, बुधबार

सामसुंगको २५६ जीबीको माइक्रोएसडी कार्ड, १२ घण्टासम्मको फोरके भिडियो स्टोरेज हुने
NTC_Advt

काठमाडौं ।

काठमाडौं, २९ वैशाख । सामसुंगले २५६ जीबी क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ । ईभीओ प्लस तथा प्रो प्लस माइक्रो एसडी कार्ड सिरिज सार्वजनिक गरेको करिब एक वर्षपछि कम्पनीले २५६ जीबीको माइक्रो एसडी कार्ड यूएचएस आई मोडलको (UHS-I) क्लास १० को कार्ड ल्याएको हो ।

यसअघि कम्पनीले १२८ जीबीको प्रो प्लस माइक्रो एसडी कार्ड सार्वजनिक गरेको थियो, स्मार्टफोन तथा एक्सन क्यामराबाट फोर के यूएचडी भिडियो खिच्ने प्रचलन बढिरहेको हुँदा कम्पनीले अधिक क्षमताको माईक्रो एसडी कार्ड ल्याएको हो ।

कम्पनीले अधिक क्षमताको शक्तिशाली माइक्रो एसडी कार्ड चाहने प्रयोगकर्तालाई ध्यानमा राखेर २५६ जीबीको ईभिओ प्लस (256GB EVO Plus) कार्ड ल्याएको हो ।

यो कार्डले १२ घण्टासम्मको फोर के भिडियो रेकर्डिंग, ३३ घण्टाको फूचएचडी भिडियो रेकर्डिगका साथै भच्र्यूअल रियालीटि तथा गेमिंग कन्टेन्टहरु स्टोर गर्न सहयोग गर्दछ ।

सामसुंगको २५६ जीबी ईभिओ प्लस माइक्रो एसडी कार्ड स्मार्टफोन तथा ट्याबलेटका लागि उपलब्ध भएको छ भने यसले ३६० डिग्री भिडियो रेकर्डरमा पनि काम गर्दछ । त्यस्तै यो एक्सन क्यामरा तथा ड्रोनहरुमा पनि प्रयोग गर्न सकिन्छ ।

यो नयाँ माइक्रो एसडी कार्डमा ९५ एमबी प्रतिसेकेण्डमा रिड गर्न तथा ९० एमबी प्रतिसेकेण्ड राईट गर्ने क्षमता छ ।

सामसुंगले ल्याउन लागेको ग्यालेक्सी नोट सिक्समा माइक्रो एसडी कार्डको क्षमता बढाएर २५६ जीबीसम्म हुने अनुमान गरिएको छ । यसअघि यस्तो कार्डको क्षमता २०० जीबीसम्म मात्र थियो ।

नयाँ एसडी कार्ड वाटर रेसिस्ट रहेको छ भने यो टेम्पेरेचर प्रुफ, म्याग्नेटिक प्रुफ तथा एक्स रे प्रुफ रहेको छ । यो कार्ड १० वर्षको वारेन्टीसहित आउनेछ ।

यो कार्ड करिब ५० मुलुकहरुमा जून महिनादेखि उपलब्ध हुनेछ, जसको मूल्य करिब २४९.९९ अमेरिकी हुनसक्नेछ ।

माध्यम   स्रोत

प्रकाशित: २९ बैशाख २०७३, बुधबार