शिओमीले एमआई म्याक्स सार्वजनिक गर्यो, ६.४४ इन्चको डिस्प्लेसहित तीन संस्करण

Technology Khabar २८ बैशाख २०७३, मंगलवार

शिओमीले एमआई म्याक्स सार्वजनिक गर्यो, ६.४४ इन्चको डिस्प्लेसहित तीन संस्करण
NTC_Advt

काठमाडौं ।

काठमाडौं, २८ वैशाख । चीनियाँ कम्पनी शिओमीले एमआई म्याक्स सार्वजनिक गरेको छ । ठूलो स्क्रीनभएको स्मार्टफोन मन पराउने तथा कम मूल्यमा खरिद गर्न चाहनेहरुका लागि शिओमीको एमआई म्याक्स (Xiaomi Mi Max) आएको हो ।

शिओमीको एमआई म्याक्समा ६.४४ इन्चको स्क्रीन राखिएको छ । यो स्मार्टफोनमा मेटल यूनिबडी रहेको छ जसले गर्दा यो फोनको मोटाई ७.५ मिलिमिटर छ ।

ठूलो स्क्रीन साईजको एमआई म्याक्समा कम्पनीले ठूलो साईजकै ब्याट्री प्याक उपलब्ध गराएको छ । यसमा ४,८५० एमएएचको ब्याट्री छ भने यसको तौल २०३ ग्राम रहेको छ ।

यो स्मार्टफोन कम्पनीले तीन भर्सनमा सार्वजनिक गरेको छ । यसमध्येको सबैभन्दा माथिल्लो भर्सनको फोनमा स्न्यापड्रयागन ६५२ चीपसेट प्रयोग गरिएको छ भने यसमा ४ जीबी र्यमका साथमा १२८ जीबीको स्टोरेज रहेको छ । यसैमा ३ जीबी र्यामका साथमा ६४ जीबी स्टोरेज पनि उपलब्ध छ भने यसको सबैभन्दा सस्तो भर्सनमा स्न्याड्रयागन ६५० चीपसेट राखिएको छ, जसमा ३ जीबीको र्यामका साथमा ३२ जीबीको स्टोरेज छ ।预约小米Max - 小米手机官网 2016-05-10 16-50-16

यी मोडलका चीपसेटहरुमा फरक भनेको दुईवटा अतिरिक्त कोर्टेक्स ए ७२ कोर हो । दुबै भर्सनमा एन्ड्रेनो ५१० जीपीयू प्रयोग गरिएको छ ।

शिओमी एमआई म्याक्सको तीन वटै भर्सनमा हाईब्रीड ड्यूल सिम प्रयोग गरिएको छ । यो फोन एन्ड्रोयड मार्शमाल्लो ६.० मा आधारित नयाँ एमआईयूआई ८ मा आधारित रहेको छ ।

यो फोनको पछाडिको भागमा अतिरिक्त सुरक्षाको लागि फिंगरप्रिन्ट सेन्सर राखिएको छ ।

शिओमी एमआई म्याक्समा ड्यूल एलईडी फ्ल्याशसहितको १६ मेगापिक्सेलको रियर क्यामरा छ भने ५ मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ ।

एमआई म्याक्स बजारमा तीन कलरमा उपलब्ध छ, जुन सिल्भर, लाइट ग्रे तथा गोल्ड कलर हुन् । यो फोन बजारमा मे १७ तारिखदेखि बिक्री शुरु हुनेछ ।Xiaomi Max

यो स्मार्टफोनको ३ जीबी र्याम र ३२ जीबी स्टोरेजको मूल्य १,५०० यूआन अर्थात २३० अमेरिकी डलर, ३ जीबी र्याम र ६४ जीबी स्टोरेजको मूल्य १,७०० यूआन अर्थात २६० अमेरिकी डलर तथा सबैभन्दा माथिल्लो तहको ४ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य २,००० यूआन अर्थात ३०७ अमेरिकी डलर तोकिएको छ ।

यो स्मार्टफोनमा कनेक्टिभिटीका लागि वाईफाई भीओएलटीई, ड्यूल सिम स्ट्याण्डबाई लगायत रहेको छ ।

हाल चीनियाँ बजारमा मात्र उपलब्ध यो स्मार्टफोन अन्य मुलुकहरुमा पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

माध्यम   स्रोत

प्रकाशित: २८ बैशाख २०७३, मंगलवार