माइक्रोम्याक्सको ‘क्यानभास ल्यापबुक’ सार्वजनिक, सस्तो ल्यापटप भएको दाबी

Technology Khabar २४ बैशाख २०७३, शुक्रबार

माइक्रोम्याक्सको ‘क्यानभास ल्यापबुक’ सार्वजनिक, सस्तो ल्यापटप भएको दाबी
Classic Tech

काठमाडौं, २४ वैशाख । माइक्रोम्याक्सले भारतमा सस्तो ल्यापटप क्यानभास ल्यापबुक सार्वजनिक गरेको छ । माइक्रोम्याक्सको यो ल्यापटप भारतीय बजारमा अहिलेसम्मकै सबैभन्दा सस्तो ल्यापटपको रुपमा आएको कम्पनीले दाबी गरेको छ ।

माइक्रोम्याक्स क्यानभास ल्यापबुक एल११६० (Canvas Lapbook L1160) विण्डोजमा आधारित ल्यापटप हो । यसमा ११.६ इन्चको डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन १३६६x७६८ पिक्सेल रहेको छ ।

माइक्रोसफ्टको विण्डोज १० अपरेटिंग सिस्टममा आधारित यो ल्यापटपमा १.३३ गीगाहर्जको क्वाड कोर इन्टेल एटम प्रोसेसर रहेको छ । क्यानभास ल्यापबुकमा २ जीबीको डिडिआरथ्री र्याम राखिएको छ भने यसको इन्टरनल स्टोरेज ३२ जीबीको मात्र छ । यसको स्टोरेजलाई माइक्रो एसडी कार्डद्धारा अथवा एक्सटर्नल हार्डडिस्कद्धारा बढाउन सकिन्छ ।Canvas Lapbook_01

यो ल्यापटप इन्टेल एचडि ग्राफिक्ससहित उपलब्ध हुनेछ भने यसमा ४१०० एमएएचको ब्याट्री प्याक राखिएको छ ।

माइक्रोम्याक्सको यो ल्यापटपमा कनेक्टिभिटीका लागि वाईफाई, ब्लूटूथ ४.१ भर्सन, दुईवटा यूएसबी २.० पोर्ट, एउटा एडीएमआई पोर्ट, तथा एउटा इथरनेट पोर्ट राखिएको छ ।

कम्पनीले सस्तो ल्यापटपको रुपमा ल्याएको यो ल्यापबुकको मूल्य भारतमा १०,४९९ भारु अर्थात करिब १६ हजार ८ सय रुपैंया तोकेको छ । यो ल्यापटप भारतमा अनलाइन सपिंग साइट अम्याजन इंडियामार्फत पनि खरिद गर्न सकिन्छ ।

TK Viber

प्रकाशित: २४ बैशाख २०७३, शुक्रबार

Loading...