एक्सक्लूसिभःसामसुंग ग्यालेक्सी एस सेभेनबाट अर्को फोन चार्ज हुने, डकुमेन्ट पनि हेर्न सकिने (भिडियोसहित)

Technology Khabar २४ बैशाख २०७३, शुक्रबार

एक्सक्लूसिभःसामसुंग ग्यालेक्सी एस सेभेनबाट अर्को फोन चार्ज हुने, डकुमेन्ट पनि हेर्न सकिने (भिडियोसहित)

काठमाडौं ।

काठमाडौं, २४ वैशाख । सामसुंगले सार्वजनिक गरेको ग्यालेक्सी एस सेभेन (Galaxy S7) तथा एस सेभेन एजको (S7 Edge) चर्चा चलिरहेको छ । यसको विशेषता तथा यसमा भएका विभिन्न प्रविधिहरुको बारेमा समाचारहरु पनि आईरहेका छन् ।

सामसुंगले सार्वजनिक गरेको ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एजको एउटा विशेषताको बारेमा भने कम्पनीले अहिलेसम्म औपचारिकरुपमा घोषणा गरेको छैन् । कम्पनीले भन्न नचाहेको यो विशेषता भनेको यो स्मार्टफोनलाई ‘पावर बैंक’को रुपमा प्रयोग गर्न सकिने फीचर हो ।Samsung Galaxy S7_01

पछिल्ला दिनहरुमा अधिक शक्तिशाली ब्याट्रीसहितका उच्च क्षमता भएका स्मार्टफोनहरु सार्वजनिक हुँदै आएका छन् । यी स्मार्टफोनहरुको उद्धेश्य सकेसम्म ब्याट्री क्षमता अधिक बनाउनु र छिटो छिटो चार्ज गर्ने झन्झटबाट प्रयोगकर्तालाई मुक्त गर्नु हो ।

त्यसैगरी कतिपय स्मार्टफोन तथा अन्य फोनहरु पावर ब्यांकको रुपमा प्रयोग गर्ने गरि नै उत्पादन गरिएका हुन्छन र ती फोनहरुलाई कम्पनीले पावर ब्यांक वा अर्को फोन चार्ज गर्ने चार्जरको रुपमा बिक्री गरिरहेका छन् ।

शक्तिशाली ब्याट्री भएका र पावर ब्यांकको रुपमा आएका फोनहरु बाहेक प्रिमियम सेटहरुमा सामान्यतः पावर ब्यांकको रुपमा प्रयोग गर्ने फीचर राखिएको हुँदैन् । तर सामसुंगको ग्यालेक्सी एस सेभेन (Galaxy S7) स्मार्टफोनलाई भने हामीले पावर ब्यांकको रुपमा पनि प्रयोग गर्न सक्दछौं । यो फोनलाई अर्को फोनमा ब्याट्री सकिएको वा ब्याट्री कम भएको बेला चार्ज गर्ने ब्याट्री ब्याकअपको रुपमा प्रयोग गर्न सकिन्छ ।

सामसुंग ग्यालेक्सी एस सेभेनलाई पावर ब्यांकको रुपमा प्रयोग गर्न सकिने सुविधा छ । कम्पनीले अहिलेसम्म ल्याएको उच्च तहको प्रिमियम सेट भएको हुँदा यो फीचरको बारेमा जानकारी नदिएको पनि हुनसक्दछ ।

त्यसैगरी सामसुंग ग्यालेक्सी एसमा ओटिजी डिभाइसको प्रयोग गरेर सिधै कुनै पनि पेन ड्राईभ जस्ता स्टोरेज डिभाइसबाट विभिन्न तस्विर, भिडियो, टेक्स्टलगायतका डकुमेन्टहरु हेर्न वा कपि गर्न सकिन्छ ।

कसरी पावर ब्यांकको रुपमा प्रयोग गर्ने ?

तर हामीले यसको यो फीचरलाई सहजरुपमा नै प्रयोग गरेर अर्को कुनै डिभाइस चार्ज गर्न सक्दछौं । यसको लागि तपाईँले खरिद गरेको सामसुंग ग्यालेक्सी एस सेभेन स्मार्टफोन, एउटा ओटिजी (OTG) डिभाइस तथा डाटा केबल आवश्यक पर्दछ ।

सामसुंग ग्यालेक्सी एस सेभेन खरिदको समयमा आउने बक्समा नै यी सबै सामाग्रीहरु राखिएका हुन्छन् । ओटिजी डिभाइस हरेक एस सेभेनको खरिदमा कम्पनीले दिईसहेको छ भने तपाईँले एस सेभेनका लागि प्राप्त गर्नुभएको डाटा केबललाई नै यहाँ प्रयोग गर्न सकिन्छ ।

ग्यालेक्सी एस सेभेनबाट अर्को कुनै डिभाइस जस्तै स्मार्टफोन, फीचर फोन वा स्मार्टवाच रिचार्ज गर्न सकिन्छ । यसको लागि सबैभन्दा पहिले सामसुंग ग्यालेक्सी एस सेभेनको मुनीको भागमा रहेको फोन चार्ज गर्ने स्थानमा ओटिजी डिभाइस जोड्नुपर्ने हुन्छ । उक्त डिभाइस जोड्ने बित्तिकै तपाईँको एस सेभेनमा त्यसको नोटिफिकेशन देखिन्छ, वा फोन स्लिपमा छ भने डिस्प्ले अन हुन्छ ।

त्यसपछि तपाईँले त्यो ओटिजी डिभाइसको तल्लो पट्टिको भागमा डाटा केबलको यूएसबी पोर्ट तर्फको भाग जोड्नुपर्ने हुन्छ । यो डाटा केबलको फोन चार्ज गर्ने अर्को पट्टिको भागलाई जुन फोन चार्ज गर्नुपर्ने हो त्यो फोनको चार्ज गर्ने भागमा जोड्नु पर्ने हुन्छ ।

यो सबै प्रकृया पुरा गरेपछि तपाईँको ब्याट्री चार्ज सकिएको फोनमा चार्ज भएको सिग्नल देखिन्छ र फोनलाई आवश्यकता अनुसार मज्जाले चार्ज गरेर प्रयोग गर्नुस् । यसका साथै तपाईँले एस सेभेनको सहयोगबाट अर्को फोनमा भएका विभिन्न डकुमेन्टहरु पनि आदान प्रदान गर्न सक्नुहुनेछ ।

हेर्नुहोस् भिडियो-

कसरी पेन ड्राईभको डकुमेन्ट ग्यालेक्सी एस सेभेनमा हेर्ने ?

तपाईँको पेन ड्राइभजस्ता पोर्टेबल स्टोरेज डिभाइसमा आफ्ना विभिन्न डकुमेन्ट ल्यापटप, डेस्कटप नभएको बेलामा पनि डकुमेन्ट हेर्न वा जाँच गर्न सकिन्छ । यो सुविधा सामसुंगको प्रिमियम हेडसेट ग्यालेक्सी एस सेभेनमा पनि राखिएको छ । यसको लागि फोनसँगै आउने ओटिजी डिभाइस आवश्यक पर्दछ ।

पेन ड्राइभजस्ता पोर्टेबल स्टोरेज डिभाइसका डकुमेन्ट ल्यापटप, डेस्कटप नभएको बेलामा ग्यालेक्सी एस सेभेनबाट हेर्न सकिन्छ ।

ग्यालेक्सी एस सेभेनको मुनी फोन चार्ज गर्ने भागमा ओटिजीको एकतिरको भाग जोड्नुहोस् । ओटिजी जोडिसकेपछि फोनमा ओटिजी जोडिएको संकेत आउनेछ वा फोनको डिस्प्ले अन हुनेछ ।

त्यसपछि ओटिजीको अर्कोतिरको भागमा आफ्नो डकुमेन्ट भएको पेन ड्राइभ वा पोर्टेबल स्टोरेज डिभाइस जोड्नुहोस् ।

पेन ड्राइभ जोडेपछि एस सेभेनको डिस्प्लेमा सिधै पेन ड्राइभमा भएका विभिन्न डकुमेन्टहरु हेर्न वा प्रयोग गर्न सकिन्छ । यी डकुमेन्टहरु फोनमा कपि गर्न पनि सकिन्छ ।

यो फीचरले गर्दा पेन ड्राइभमा भएका विभिन्न डकुमेन्टहरु हेर्नको लागि अन्य ल्यापटप, डेक्सटपलगायतका वस्तुहरु चाहिँदैन र हिँड्दा हिँड्दै पनि आफ्ना डकुमेन्टहरु हेर्न सकिन्छ ।

अब तपाईँ पनि ग्यालेक्सी एस सेभेनको यो नयाँ फीचर एक पटक प्रयोग गर्ने हो की ?

नयाँ फीचरको जानकारी कस्तो लाग्यो हामीलाई कमेन्ट बक्समा प्रतिकृया दिनुहोस् ।

easy care

प्रकाशित: २४ बैशाख २०७३, शुक्रबार

ताजा समाचार