आँखाले देखेकाे सबै कुरा खिच्ने सोनीको कन्ट्याक्ट लेन्स, तस्विर र भिडियो दुबै रेकर्ड हुने

Technology Khabar २४ बैशाख २०७३, शुक्रबार

आँखाले देखेकाे सबै कुरा खिच्ने सोनीको कन्ट्याक्ट लेन्स, तस्विर र भिडियो दुबै रेकर्ड हुने

काठमाडौं ।

काठमाडौं, २४ वैशाख । सोनीले विशेष प्रविधियुक्त कन्ट्याक्ट लेन्सको लागि नयाँ प्याटेन्ट दर्ता गरेको छ । जापानी कम्पनीले सामान्य आँखा झिम्क्याउँदा भिडियो तथा तस्विर रेकर्ड गर्ने प्रविधिसहितको कन्ट्याक्ट लेन्सको प्याटेन्ट दर्ता गरेको हो ।

सोनीले दर्ता गरेको कन्ट्याक्ट लेन्सले रेकर्ड गरेको भिडियो तथा ईमेज खिच्ने मात्र नभई यसलाई त्यहिँ व्यवस्थित पनि गर्दछ ।

यसअघि गूगल, सामसुंग तथा कयौं अनुसन्धान समूहले स्मार्ट कन्ट्याक्ट लेन्सको लागि सार्वजनिक रुपमा नै योजनाहरु ल्याएका थिए । स्मार्ट कन्ट्याक्ट लेन्सको उत्प्रेरणा मूख्यगरि ग्लूकोज मनिटरिंगदेखि टेलिस्कोपिक लेन्ससम्म निर्माण गर्नु रहेको छ ।

तर यी सबै विषयहरुमा एउटा समानता भनेको यी सबै प्रोटोटाइप अथवा प्याटेन्टेड पाइपमा नै थिए, कुनैपनि यस्ता प्रविधि अहिलेसम्म उत्पादनको रुपमा आउन सकेका छैनन् ।

सोनीको प्याटेन्ट निवेदनमा कुनै नयाँ विषय छैन् तर यसमा अन्य भन्दा स्मार्ट प्रविधि रहेको छ । यो लेन्सको हार्डवेयरमध्ये इमेज क्याप्चर यूनिट, मेन कन्ट्रोल यूनिट, स्टोरेज मोड्यूल, एन्टेना तथा पिजोइलेक्ट्रिक सेन्सर रहेका छन् ।eye-close-up-2

यसका पिजोइलेक्ट्रीक सेन्सरहरु कति समयमा आँखिभौं बन्द हुने वा खोल्ने भन्ने समयमा सचेत आँखा झिम्क्याई वा अचेत आँखा झिम्क्याई हुने समयमा सेन्स गर्दछ । यसले वेयररलाई सामान्यरुपमा नियन्त्रण गर्ने संयन्त्र दिन्छ जसले फोटोहरु खिच्ने तथा भिडियोहरु खिच्न सक्दछ ।

प्याटेन्टमा दर्ता गरिएको अनुसार सामान्यतः आँखा झिम्क्याउने समय ०.२ सेकेण्डदेखि ०.४ सेकेडसम्म हुने गर्दछ । त्यसकारण यदि ०.५ सेकेण्डको अवधिमा आँखा झिम्क्याउने समयलाई भने सचेत आँखा झिम्क्याई भएको र यो सामान्य आँखा झिम्क्याई भन्दा फरक हो ।

यो स्मार्ट कन्ट्याक्ट लेन्समा पावर यसको नजिक भएको स्मार्टफोन, ट्याबलेट वा कम्प्यूटरद्धार वायरलेस प्रविधिबाट लिन सकिने छ । यो इलेक्ट्रोम्याग्नेटिक इडक्सन, रेडियो वेभ्स अथवा इलेक्ट्रोम्याग्नेटिक फील्डबाट पावर प्रयोग हुनेछ ।

सोनीले ल्याउने कन्ट्याक्ट लेन्समा जूम हुने तथा अटोफोकस हुनेछ ।

माध्यम

Global Bank
easy care

प्रकाशित: २४ बैशाख २०७३, शुक्रबार

ताजा समाचार