जोखिम व्यवस्थापनमा अझ धेरै गर्न बाँकीः गर्भनर, राष्ट्र बैंक

Technology Khabar २३ बैशाख २०७३, बिहीबार

जोखिम व्यवस्थापनमा अझ धेरै गर्न बाँकीः गर्भनर, राष्ट्र बैंक

काठमाडौं, २३ वैशाख । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालसँगको सहकार्यमा “राष्ट्रिय जोखिम व्यवस्थापन सम्मेलन २०१६” को आयोजना सम्पन्न गरेको छ ।

सम्मेलनको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले जोखिम व्यवस्थापन आजको परिवर्तित बैंकिङ्ग परिवेशमा पुरातन बैंकिङ्गको दैनिक कार्यमात्र नभई समस्या समाधानको लागि सुरक्षाको दोस्रो तह भएको बताए । यही कुरालाई मध्येनजर गरेर राष्ट्र बैंकले विभिन्न समयमा जोखिम व्यवस्थापन निर्देशिका, क्ष्ऋब्ब्ए निर्देशिका, सूूचना प्रविधि सम्बन्धी निर्देशिकाहरु जारी गरेको जानकारी गराए । उनले जोखिम व्यवस्थापनमा अझ धेरै कार्यहरु गर्न बाँकी रहेको भन्दै यस विषयमा सञ्चालक समितिको ध्यान कम रहेको, प्रष्ट खाकाको जोखिम व्यवस्थापन सम्बन्धी नीति, कार्यविधि तथा नियमहरु नभएको लगायतका विषयहरु औंल्याए ।

नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका अध्यक्ष शोभन देव पन्तले जोखिम व्यवस्थापनका लागि “बटम टु टप अप्रोच” नभइ “टप टु बटम अप्रोच” लिनु पर्ने कुरामा जोड दिए । व्यवसाय बिस्तारका लागि बिकेन्द्रित प्रणाली लागू गर्न सकिने तर जोखिम व्यवस्थापनका लागि केन्द्रिकृत प्रणाली लागू गरेर मात्र गर्न सकिने स्पष्ट पारे ।

राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारी, स्ट्याण्डर्ड चार्टर्ड बैंक भारतमा सञ्चालन जोखिम प्रमुखका रुपमा काम गरी रहेका उदय भाष्कर भेमुरी तथा राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्म ढुङ्गानाले क्रमशः क्रेडिट जोखिम, सञ्चालन जोखिम र बजार जोखिम विषयहरुमा छुट्टा छुट्टै प्रस्तुतिकरण दिएका थिए  ।

सम्मेलनमा विभिन्न बैंक तथा वित्तीय संस्थाका व्यवस्थापक, जोखिम विभागका प्रमुखहरु, सञ्चयकोष, नागरिक लगानी कोष, एनसेल आदि गरी एक सय भन्दा बढी सहभागीहरु सम्मिलित थिए ।

प्रकाशित: २३ बैशाख २०७३, बिहीबार

Comments are closed.

Loading...