सामसुंग ग्यालेक्सी नोट सिक्समा यूएसबी टाइप सी पोर्ट, ६ जीबी र्याम पनि हुने

Technology Khabar २२ बैशाख २०७३, बुधबार

सामसुंग ग्यालेक्सी नोट सिक्समा यूएसबी टाइप सी पोर्ट, ६ जीबी र्याम पनि हुने
Global IME Bank

काठमाडौं ।

काठमाडौं, २२ वैशाख । सामसुंगले ग्यालेक्सी एस सेभेन (Galaxy S7) र एस सेभेन एजको (S7 Edge) सफलतापछि नयाँ स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ । कम्पनीले केहि महिनामा ग्यालेक्सी नोट सिक्स (Galaxy Note 6) ल्याउने तयारी गरिरहेको छ ।

यसअघि सामसुंगले ल्याएको ग्यालेक्सी नोट फाइभको सक्सेसरको रुपमा ल्याउन लागेको ग्यालेक्सी नोट सिक्सको बारेमा विभिन्न समाचारहरु आउने क्रम जारी नै छ । सामसुंगले आईफोनलाई टक्कर दिन नयाँ नोट ल्याउन लागेको हो ।

सामसुंगले ल्याउने ग्यालेक्सी नोट सिक्समा यसअघि नै वाटर एण्ड डस्ट रेसिस्ट्यान्ट हुने समाचार सार्वजनिक भईरहेको छ । यो नयाँ नोट सिक्समा अहिलेको ग्यालेक्सी एस सेभेन सिरिजमा भएजस्तै आईपी ६८ (IP68) सर्टिफिकेटसहित वाटर एण्ड डस्ट रेसिस्ट्यान्ट हुनेछ । आउने नोट फोनमा आईरिस स्क्यानर पनि हुने संभावना रहेको छ ।

सामसुंगको नोटमा विभिन्न फिचरहरु राखिने चर्चासँगै अहिले नयाँ समाचार बाहिर आएको छ । ग्यालेक्सी नोट सिक्समा यूएसबी टाइप सी पोर्ट (USB Type C Port) राखिने समाचार सार्वजनिक भएको छ । तर यसअघि यूएसबी टाइप सी पोर्ट रहने बारेमा स्पष्ट जानकारीहरु आएका थिएनन् ।

यदि सामसुंगले नोट सिक्समा यूएसबी टाइप सी पोर्ट राख्ने हो भने यो सामसुंगको लागि पहिलो यस्तो प्रकारको स्मार्टफोन हुनेछ । यो पोर्टले माइक्रो यूएसबी कनेक्टरलाई प्रतिस्थापन गर्नेछ । सामसुंगले नयाँ नोट फोनमा कुन प्रकारको पोर्ट प्रयोग गर्दछ भन्ने स्पस्ट भएको छैन् । कम्पनीले नयाँ पोर्ट यूएसबी ३.१ पोर्ट प्रयोग गर्दछ वा पुरानो गुणस्तरका, कुनै अहिले जानकारी छैन् ।

संभवत सामसुंगले यूएसबी ३.१ पोर्ट नै प्रयोग गर्न सक्दछ । यो पोर्टले यूएसबी पावर डेलिभरी २.० सपोर्ट गर्दछ, जसले छिटो डिभाइसलाई चार्ज गर्दछ भने एचडीएमआई अथवा डिस्प्ले पोर्ट भिडियो सिग्नल्स लिने क्षमता राख्दछ ।

यदि सामसुंगले नयाँ पोर्ट प्रयोग गरेमा र गियर भिआरको (Gear VR) सपोर्ट ल्याउने हो भने कम्पनीले नयाँ भिआर हेडसेट सार्वजनिक गर्न लागेको आशंका पनि गर्न सकिन्छ । किनकी अहिलेको गियर भिआरमा माइक्रो यूएसबी पोर्ट मात्र प्रयोग गरिएको छ । यूएसबी टाइप सी कनेक्टरका साथमा दोस्रो पुस्ताको नयाँ गियर भिआर पनि कम्पनीले ल्याउन सक्दछ ।

यसअघि नै ग्यालेक्सी नोट सिक्समा ५.८ इन्चको क्यूएचडी सूपर एमोलेड टचस्क्रीन रहने समाचार आईसकेको छ । त्यसैगरी यसमा सिक्स जीबी र्याम हुनेछ भने क्वालकमको स्न्यापड्रयागन ८२३ चीपसेट राखिनेछ । सामसुंगको नयाँ नोटमा ग्यालेक्सी एस सेभेन सिरिज जस्तै १२ मेगापिक्सेलको रियर क्यामरा हुनेछ भने ४,००० एमएएचको ब्याट्री राखिनेछ ।

स्रोत

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २२ बैशाख २०७३, बुधबार