लुम्बिनि जनरल इन्स्योरेन्सद्धारा एकदिने अभिकर्ता तालिम प्रदान

Technology Khabar १९ बैशाख २०७३, आईतवार

लुम्बिनि जनरल इन्स्योरेन्सद्धारा एकदिने अभिकर्ता तालिम प्रदान
Classic Tech
Nepal Telecom

काठमाडौं, १९ वैशाख । लुम्बिनि जनरल इन्स्योरेन्सले कृषि बाली तथा पशुपंक्षी बीमा सम्बन्धि एकदिने अभिकर्ता तालिम सिराहा जिल्लाको लाहानमा सम्पन्न गरेको छ । उक्त तालिमको उदघाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन पि प्रधानले गरेका थिए ।

कृषि बाली तथा पशुपंक्षी बीमाको लागि बीमा समितिद्धारा लुम्बिनि जनरल इन्स्योरेन्सका लागि भोजपुर, संखुवासभा, खोटाङ, उदयपुर र सिराहा जिल्लाहरु तोकिएकोमा सोहि जिल्लाहरुलाई लक्षित गरि बाली तथा पशुपंक्षी बीमाको प्रबद्र्धनको लागिअभिकर्ता तालिम गराएको कम्पनीले जनाएको छ ।

सो कार्यक्रममा पाँचै जिल्लाका करिब ५० जना अभिकर्ताहरुको उपस्थिती रहेको थियो । सो अवसरमा कम्पनीका कार्यकारी अधिकृत प्रधानले विमा व्यवसायको वर्तमान अवस्था यसका समस्या र चूनौति संगै बाली तथा पशुपंक्षी बीमा निर्देशिका २०६९ का सन्दर्भमा अभिकर्तालाई जानकारी दिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

TK Viber

प्रकाशित: १९ बैशाख २०७३, आईतवार

Comments are closed.

Loading...