ढुंगा वा ईँटामा झर्दा पनि नफुट्ने स्मार्टफोन ‘डिवाल्ट एमडि५०१’

Technology Khabar १९ बैशाख २०७३, आईतवार

ढुंगा वा ईँटामा झर्दा पनि नफुट्ने स्मार्टफोन ‘डिवाल्ट एमडि५०१’

काठमाडौं ।

काठमाडौं, १९ वैशाख । स्मार्टफोन झरेपछि फुट्ने वा पानीमा झर्दा बिग्रने चिन्ता भएका स्मार्टफोन प्रयोगकर्ताको चिन्ता अब हट्ने भएको छ । विशेष गरी उद्योग तथा निर्माण क्षेत्रमा काम गर्ने मजदूरहरुका लागि ब्रिटेनको एक कम्पनीले ‘टफ फोन’ निर्माण गरेको छ ।

निर्माण सामाग्रीहरु उत्पादन गर्ने कम्पनी डिवाल्टले (DeWALT) पानीमा झर्दा वा कंक्रीटमा झर्दा पनि केहि नहुने स्मार्टफोन एमडि ५०१ (MD501) सार्वजनिक गरेको छ । यो कम्पनीले पहिलो पटक स्मार्टफोन निर्माण गरेको हो ।The DEWALT Phone - Waterproof - Dustproof - Weatherproof 2016-05-01 13-15-25

डिवाल्टले निर्माण गरेको एमडि५०१ स्मार्टफोन यति दह्रो छ की २ मीटर माथिबाट ईँटा ढुंगा वा कंक्रीट भएको स्थानमा झर्दा पनि कुनै खराबी आउँदैन् ।

यो स्मार्टफोनको विशेषता भनेको शुन्य देखि माइनस २० डिग्रीसम्मको चिसोमा अथवा ६० डिग्री सेल्सियससम्मको गर्मीमा पनि सहजरुपमा यो स्मार्टफोन चलाउन सकिन्छ ।

डिवाल्टले यो स्मार्टफोन विशेषगरी निर्माण क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई ध्यानमा राखेर ल्याएको हो ।dewalt__gmc_tough_phone

यो स्मार्टफोन एन्ड्रोयडमा आधारित स्मार्टफोन हो, जसको मूल्य ५४४ अमेरिकी डलर तोकेको छ । डिवाल्ट फोनमा ८ घण्टासम्मको टक टाइम दिने दाबी गरेको छ ।

डिवाल्टको फोनमा ड्यूल सिम, माईक्रो एसडी स्लट, वायरलेस चार्जिंगलगायतका फीचर छन् । त्यसैगरी यो फोन फोरजी सपोर्ट गर्दछ भने एनएफसी पनि यसमा राखिएको छ । यसमा जी सेन्सर, गाईरोस्कोप, प्रेसर, म्याग्नेटिक, लाइट एण्ड रेन्स सेन्सर पनि छ ।

डिवाल्ट एमडि५०१ स्मार्टफोनमा ५ इन्चको एचडी स्क्रीन रहेको छ भने यसको स्क्रीनको विशेषता भनेको हातमा निर्माणकर्मी पञ्जा लगाएर पनि स्क्रीन टच प्रयोग गर्न सकिन्छ । यसको स्क्रीनलाई गोरिल्ला ग्लास थ्री द्धारा सुरक्षित पारिएको छ ।

कम्पनीका अनुसार यो स्मार्टफोन वाटर एण्ड डस्ट रेसिस्ट्यान्टका साथै ‘रेसिस्ट्यान्ट टू केमिकल स्पीलेगसेज एण्ड भाइव्रेसन्स’ रहेको छ । यो फोन आईफोन भन्दा दोब्बर मोटाईको छ भने करिब दोब्बर तौलको रहेको छ । त्यसैगरी यो फोनले एमआईएल-एसटिडी८१०जी (MIL-STD 810) सर्टिफिकेट पाएको छ, जुन ‘फूल रग्ड’ फोनका लागि दिईन्छ ।

यो फोन एन्ड्रोयडको ललीपप ५.१ भर्सनमा आधारित रहको छ भने यसको स्टोरेज बढाएर ६४ जीबीसम्म पुर्याउन सकिन्छ । यसमा मिडियाटेकको १.३ गीगाहर्जको एमटि ६७३५ प्रोसेसर रहेको छ भने २ जीबीको र्याम तथा १६ जीबीको स्टोरेज छ ।

एमडि५०१ स्मार्टफोनमा १३ मेगापिक्सेल रियर क्यामरम तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

डिवाल्टको स्मार्टफोन सबैभन्दा पहिले बेलायतमा मे महिनाको शुरुवातमा उपलब्ध हुनेछ भने त्यसपछि अन्य बजारमा बिस्तारै आउने उल्लेख छ ।

माध्यम १/माध्यम २  स्रोत

easy care

प्रकाशित: १९ बैशाख २०७३, आईतवार