हुवावे अनर ५ सी चीनमा उपलब्ध, ३,००० एमएएचको ब्याट्री क्षमता

काठमाडौं, १७ वैशाख । हुवावेको अनर ५ सी (Honor 5C) स्मार्टफोन हालै चीनमा आधिकारिक रुपमा उपलब्ध भएको कम्पनीले घोषणा गरेको छ । हुवावेको सब ब्राण्ड सिरिजको नयाँ स्मार्टफोन पी नाइन लाइट (P9 Lite) सँग मिल्दोजुल्दो विशेषता रहेको यो स्मार्टफोनको मूल्य पनि करिब करिब उस्तै छ ।

हुवावेले घोषणा गरेको यो स्मार्टफोनमा ५.२ इन्चको आईपीएस एलसीडी डिस्प्ले राखिएको छ, जसमा फूल एचडी रिजोल्यूशन रहेको छ ।

हुवावे अनर ५ सी स्मार्टफोनमा अक्टा-कोर सीपीयूका साथमा किरिन ६५० चीपसेट प्रयोग गरिएको छ । यसमा २ जीबीको र्याम छ भने १६ जीबीको इनबिल्ट स्टोरेज रहेकोछ, जसलाई माइक्रो एसडी कार्डद्धारा बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ ।

यो स्मार्टफोनमा एलईडी डिस्प्लेका साथमा १३ मेगापिक्सेलको एफ/२.० लेन्स राखिएको छ भने सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामरा रहेको छ ।Huawei Honor 5C

यो स्मार्टफोनमा पनि पछाडिको भागमा फिंगरप्रिन्ट सेन्सर राखिएको छ ।

अनर ५ सीमा दुई सिम प्रयोग गर्न सकिन्छ भने यसमा थ्रीजी (3G)  र फोरजी एलटिई (4G LTE) भर्सन उपलब्ध हुनेछ ।

त्यस्तै कनेक्टिभिटीका लागि ब्लूटूथ ४.१ भर्सन, वाईफाई, जीपीएसलगायतका सुविधा छन भने स्याटेलाइट पोजिसनका लागि बैदु (Beidou) राखिएको छ ।

यो स्मार्टफोनमा ३,००० एमएएचको ब्याट्री छ भने यो ८.३ मिलिमिटर मोटाइको रहेको छ । तर यसमा टाइप सी पोर्ट र माइक्रो यूएसबी २.० भने राखिएको छैन् । Honor 5C_0

हुवावेको नयाँ स्मार्टफोन एन्ड्रोयडको मार्शमाल्लो ६.० भर्सनको अपरेटिंग सिस्टममा आधारित छ भने यसमा ४.१ भर्सनको ईएमयूआई राखिएको छ ।

हुवावेको यो स्मार्टफोन चीनियाँ बजारमा मात्र हाल उपलब्ध छ । हुवावे ५ सी थ्रीजी भर्सनको मूल्य ८९९ यूआन अर्थात करिब १३९ अमेरिकी डलर छ भने फोरजी भर्सनको मूल्य ९९९ यूआन अर्थात करिब १५५ डलर तोकिएको छ । यो स्मार्टफोन विश्व बजारमा कहिलेदेखि उपलब्ध हुन्छ भन्ने कुनै जानकारी छैन् ।

माध्यम   स्रोत

Cheap Sex Cam Website