जियोनिको ‘एम फाईभ प्लस’ नेपाल भित्रँदै, ५ हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री

Technology Khabar १६ बैशाख २०७३, बिहीबार

जियोनिको ‘एम फाईभ प्लस’ नेपाल भित्रँदै, ५ हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री

काठमाडौं ।

काठमाडौं, १६ वैशाख । जियोनिले चाँडै नै म्याराथन एम फाईभ प्लस (Gionee M5 Plus) नेपालमा ल्याउने भएको छ । यो फोन जियोनिको अधिक क्षमताको ठुलो ब्याट्री रहने म्याराथन सिरिजको नयाँ संस्करण हो ।

एम फाईभ प्लसमा पूर्ण मेटालिक र अल्ट्रा स्लिम युनिबडिमा ६ इन्चको फुल एचडि अमोलेड स्क्रिन रहेको छ । फोनमा १३ मेगापिक्सेलको रियर क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामराका साथै १.३ गिगाहर्जको अक्टा-कोर प्रोसेसर रहेको छ ।

म्याराथन एम फाईभ प्लसको प्रमुख विशेषता भनेको यसमा रहेको ५०२० एमएएच क्षमताको ब्याट्री हो,  जुन बजारमा उपलब्ध औसत फोनको भन्दा दोब्बर क्षमताको छ ।

जियोनीका कन्ट्री प्रबन्धक मि। विन भन्छन् “जियोनी एम फाईभ प्लस यस म्याराथन सिरिजको उत्कृष्ट संस्करण हो । यो फोनका लागि ग्राहकहरुबाट राम्रो प्रतिकृया आउने विश्वास हामीलाई छ” ।

यसमा रहेको डुअल चार्जिङ चिप्सले छिटो चार्ज गर्न सहायता गर्छ । ३ जीबीको र्याम र इन्टरनल स्टोरेज ६४ जीबी रहेको यो फोनमा टाइप सी यूएसबी पोर्ट राखिएको छ ।

मेमोरी कार्डको माध्यमबाट १२८ जीबीसम्मको स्टोरेज राख्न सकिन्छ । फिङ्गर प्रिन्ट स्क्यानर राखिएको यो स्मार्टफोनमा एन्ड्रोइड ललिपप ५.१ मा आधारित जियोनिको आफ्नै सफ्टवेयर अमिगो ३.१ रहेको छ । एम फाईभ प्लस ले रिभर्स ओटिजी चार्जिङ्ग प्रविधिबाट अरु फोन पनि चार्ज गर्न सक्ने क्षमता राख्दछ । यो फोन श्याम्पेन गोल्डेन रंगमा उपलब्ध हुने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Global Bank
easy care

प्रकाशित: १६ बैशाख २०७३, बिहीबार

ताजा समाचार