मिस नेपाल अस्मीलाई यामाहा फेसिनो प्रदान

Technology Khabar १६ बैशाख २०७३, बिहीबार

मिस नेपाल अस्मीलाई यामाहा फेसिनो प्रदान

काठमाडौं ।

काठमाडौं, १६ बैशाख । यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता मोरङ अटो वक्र्सले मिस नेपाल २०१६ उपाधी विजेता अस्मी श्रेष्ठलाई यामाहा फेसिनो स्कुटर प्रदान गरेको छ । त्रिपुरेश्वरस्थित यामाहा शोरुममा एमएडब्लुका प्रबन्ध निर्देशक विष्णु अग्रवालले मिस नेपाल अस्मीलाई स्कुटर प्रदान गरेका थिए । सो अवसरमा मिस नेपाल ब्युटी पेजेन्ट आयोजक द हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपति पनि उपस्थित थिए ।

गत महिना आयोजना गरिएको मिस नेपाल २०१६मा यामाहाले ‘टाइटल स्पोन्सर’ तथा ‘टु ह्विलर’ पार्टनरको भूमिका निभाएको थियो । यामाहाले यसअघि घोषणा गरेझैं मिस नेपाल अस्मीलाई फेसिनो स्कुटर प्रदान गरेको हो ।

सो अवसरमा ‘यामाहा फेस अफ फेसिनो’ विजेता आस्मा केसीलाई पनि प्रबन्ध निर्देशक अग्रवालले फेसिनो प्रदान गरे । मिस नेपालका १९ जना प्रतियोगीमध्येबाट आस्मा ‘यामाहा फेस अफ फेसिनो’ उपाधीका लागि चुनिएकी थिईन् । उहाँ फेसबुक र शोरुम भोटिङ तथा प्रतियोगिताका निर्णायकबाट छानिएकी हुन् ।

त्यसैगरी, एमएडब्लुले संचालन गरेको ‘यामाहा फेस अफ फेसिनो’ कन्टेस्टमा सहभागी भएका भाग्यमानी भोटर त्रिविक्रम पाण्डेलाई पनि नयाँ यामाहा फेसिनो हस्तान्तरण गरिएको छ ।

Global Bank
easy care

प्रकाशित: १६ बैशाख २०७३, बिहीबार

ताजा समाचार