नेपाल इन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो २०१६को तयारी पूरा

Technology Khabar १५ बैशाख २०७३, बुधबार

नेपाल इन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो २०१६को तयारी पूरा
Classic Tech
Nepal Telecom

काठमाडौं, १५ वैशाख । हस्तकला, सुनचाँदी, रत्न तथा आभुषण क्षेत्रका सम्बन्धित तीन वटै छाता संगठनहरुद्धारा प्रवद्र्धित नेपाल जेम एण्ड ज्वेलरी काउन्सीलको आयोजनामा  आगामी जेठ ७ गतेदेखि काठमाडौंमा नेपाल इन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो २०१६ आयोजना हुन लागेको छ ।

६० वटा स्टलहरु रहने एक्स्पोमा मुलुक भरका प्रतिनिधि गरगहना व्यवसायीहरुका साथै विभिन्न मुलुकका ज्वेलर्सहरु पनि सहभागी रहने विश्वास आयोजकको रहेको छ ।

साथै अन्तर्राष्ट्रिय क्षेत्रमा भारत, चीन, थाइल्याण्ड, श्रीलंका, सम्पूर्ण सार्क राष्ट्रहरु र जापान तथा युरोपियन  राष्ट्रहरुबाट समेत सहभागी हुनाले मेला सहभागीहरुलाई मेलाको तयारीबारे जानकारी गराइएको छ ।

एक्स्पो मार्फत नेपाली आभुषण क्षेत्रको मौलिकता, विशिष्टता, क्षमता र संभावनालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा सबल रुपमा उजागर गर्न अझ सहज होस् भन्ने अभिप्रायले यो मेला गर्न लागिएको आयोजकको भनाई छ ।

TK Viber

प्रकाशित: १५ बैशाख २०७३, बुधबार

Comments are closed.

Loading...