जियोनी पी ५ मिनी स्मार्टफोन भारतमा सार्वजनिक, इन्ट्रि लेभलको बजेट स्मार्टफोन

Technology Khabar ६ बैशाख २०७३, सोमबार

जियोनी पी ५ मिनी स्मार्टफोन भारतमा सार्वजनिक, इन्ट्रि लेभलको बजेट स्मार्टफोन
NTC_Advt

काठमाडौं, ६ वैशाख । जियोनीले बजेट स्मार्टफोन पी ५ मिनी (P5 Mini) सार्वजनिक गरेको छ । भारतमा सार्वजनिक गरेको जियोनीको नयाँ स्मार्टफोनमा आधारभूत विशेषताहरु मात्र राखिएको छ ।

जियोनी पी ५ मिनी स्मार्टफोनमा ४.५ इन्चको आईपीएस एलसिडी डिस्प्ले रहेको छ, जसको पिक्चर रिजोल्यूशन ८५४x४८० रहेको छ ।

यो फोनमा क्वाड कोर मिडियाटेक एमटि ६५८० एम चिपसेटका साथमा १ जीबीको र्याम तथा ८ जीबीको स्टोरेज राखिएको छ । यसको स्टोरेजलाई माइक्रो एसडी कार्डद्धारा १२८ जीबीसम्म बढाउन सकिन्छ ।

यसमा ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । ड्यूल सिम सपोर्ट गर्ने यो बजेट स्मार्टफोनमा १८५० एमएएचको ब्याट्री रहेको छ । यसको ब्याट्रीले २७७ घण्टा स्ट्याण्डबाई समय दिन्छ ।Gionee P5 Mini

एन्ड्रोयडको ललीपप ५.१ भर्सनमा आधारित अमिगो ३.१ यूआई राखिएको यो स्मार्टफोन विभिन्न ६ वटा कलरमा बजारमा आएको छ ।

यो स्मार्टफोन जियोनीले ल्याएको इन्ट्रि लेभलको स्मार्टफोन हो । यो फोनमा स्मार्ट गेस्चर, मुड कार्ड, एमी लकर, चाइल्ड मोड, प्रोक्सिमिटी सेन्सरजस्ता फीचरहरु छन् ।

जियोनी पी ५ मिनीमा थ्रीजी, ब्लूटूथ ४.० भर्सन, वाईफाईलगायतका सुविधा छन् । जियोनी पी ५ मिनी स्मार्टफोनको मूल्य भारतमा ५,३४९ भारु तोकिएको छ ।

स्रोत

प्रकाशित: ६ बैशाख २०७३, सोमबार