शिओमीको नयाँ फ्याबलेटमा ६.४ इन्च डिस्प्ले, शिओमी म्याक्समा स्न्यापड्यागन ८२० चीपसेट

Technology Khabar ५ बैशाख २०७३, आईतवार

शिओमीको नयाँ फ्याबलेटमा ६.४ इन्च डिस्प्ले, शिओमी म्याक्समा स्न्यापड्यागन ८२० चीपसेट
Classic Tech

काठमाडौं, ५ वैशाख । शिओमीको नयाँ आउने फ्याबलेटको चर्चा शुरु भएको छ । यो फ्याबलेटका विभिन्न जानकारीहरु सार्वजनिक हुन थालेको बेलामा यसको नाम शिओमी म्याक्स (Xiaomi Max) राखिएको जानकारी आएको छ ।

शिओमीको नयाँ फ्याबलेट शिओमी म्याक्सको नाममा आउनेछ, जुन फ्याबलेटको तस्विरहरु सार्वजनिक भएका छन् । सार्वजनिक भएका तस्विरहरु यसको प्रडक्सन लाइनबाट नै आएको अनुमान गरिएको छ ।

नयाँ फ्याबलेटको फ्रन्ट प्यानेलको तस्विर सार्वजनिक भएको छ । कम्पनीले यसलाई ट्याबलेटको रुपमा भन्दा पनि फोन सेटको रुपमा नै ल्याउने अनुमान गरिएको छ ।

सार्वजनिक भएको फ्रन्ट प्यानेलको चारै कुना घुमाउरो रहेको छ । त्यस्तै यसमा क्यापासिटिभ कीहरु तल्लो भागमा राखिएको देखिन्छ भने माथिल्लो भागमा ईयर पिस तथा सेन्सर एरे रहेको देखिन्छ ।Xiaomi Max_02

यो प्यानेल हेर्दा यसअघि आएको फ्यागशिप एमआई ५ (Mi 5) मा रहेको फिंगरप्रिन्ट रिडरसहितको होम बटन भने छैन् । तर केहि स्रोतहरुले भने यस्तो सेन्सर रेडमी नोट ३ (Redmi Note 3) तथा एमआई फोर एसमा (Mi 4s) भए जस्तै पछाडिको भागमा हुनेछ ।

यो फ्याबलेटमा ६.४ इन्चको डिस्प्ले राखिएको छ तर यसको रिजोल्यूशन कति छ भन्ने जानकारी आएको छैन् । त्यस्तै यसमा स्न्यापड्रयागन ८२०(snapdragon 820) चीपसेट हुने सार्वजनिक भएको छ ।

यसमा मेटल बडि डिजाइन हुने छ भने यो स्मार्टफोन कहिलेसम्म आउँछ भन्ने कुनै जानकारी छैन् ।

माध्यम

TK Viber

प्रकाशित: ५ बैशाख २०७३, आईतवार

Loading...