मेजूको प्रो सिक्समा २१ मेगापिक्सेलको रियर क्यामरासहित १० एलईडी ड्यूल टोन फ्ल्याश

Technology Khabar २ बैशाख २०७३, बिहीबार

मेजूको प्रो सिक्समा २१ मेगापिक्सेलको रियर क्यामरासहित १० एलईडी ड्यूल टोन फ्ल्याश

काठमाडौं ।

काठमाडौं, २ वैशाख । मेजुले आफ्नो फ्ल्यागशिप फोन मेजू प्रो ६ (Meizu PRO 6) सार्वजनिक गरेको छ । यो स्मार्टफोन यसअघिको मेजु प्रो ५ (Meizu PRO 5)भन्दा सानो डिस्प्लेसहित सार्वजनिक भएको छ ।

मेजुले यसअघि गत सेप्टेम्बरमा मेजु प्रो ५ सार्वजनिक गरेको थियो । उक्त स्मार्टफोनको डिस्प्ले ५.७ इन्च थियो भने अहिलेको मेजु प्रो ६ स्मार्टफोनमा भने ५.२ इन्चको डिस्प्ले राखिएको छ ।

मेजुको नयाँ स्मार्टफोन प्रो सिक्समा सूपर एमोलेड (super AMOLED) डिस्प्ले रहेको छ, जसको पिक्चर रिजोल्यूशन १०८० पीक्सेल रहेको छ । यो स्मार्टफोनको सबैभन्दा मूख्य पक्ष र महत्वपूर्ण फीचर भनेको यसमा भएको थ्रीडि प्रेस हो, जुन मेजुले थ्रीडि टचको विकल्पको रुपमा ल्याएको हो । यसको डिस्प्लेलाई कोर्निंग गोरिल्ला ग्लास थ्रीद्धारा प्रोटेक्ट गरिएको छ ।PRO 6 - 设计 - 魅族 2016-04-14 17-08-31

यो स्मार्टफोनमा मिडिया टेकको १० कोर हेलियो एक्स२५ (Helio X25) प्रोसेसर राखिएको छ भने ग्राफिक्सका लागि माली टी८८० जीपीयू राखिएको छ । यसमा ४ जीबीको र्याम रहेको छ ।

यो स्मार्टफोनमा कम्पनीले १० एलईडी ड्यूल टोन फ्ल्याश (10 LED dual tone flash) सर्कलको रुपमा राखिएको छ । तर यो कुनै रिंग फ्ल्याश भने होईन् । यसमा फोनको रियर क्यामरा मध्य भागको माथिल्लो साइडमा राखिएको छ भने सेन्सर २१.१ मेगापिक्सेल रिजोल्यूशनको राखिएको छ । त्यस्तै यसको रियर क्यामरामा लेजर तथा फेस डिटेक्सन अटोफोकश फीचर रहेको छ ।PRO 6 - 设计 - 魅族 2016-04-14 17-14-02

मेजू प्रो सिक्स स्मार्टफोनमा ब्याट्री भने यसको क्षमताको आधारमा सानो रहेको छ । यसमा २,५६० एमएएचको ब्याट्री राखिएको छ ।

मेजू प्रो सिक्स अप्रिल २३ तारिखदेखि बजारमा उपलब्ध हुनेछ, यसको ३२ जीबी संस्करणको मूल्य चीनमा २,५०० यूआन अर्थात ३८५ अमेरिकी डलर तोकिएको छ भने ६४ जीबीको मूल्य २,८०० यूआन अर्थात ४३० अमेरिकी डलर तोकिएको छ ।

यसअघि मेजूले सार्वजनिक गरेका मेजू प्रो ५ तथा मेजू एमएक्स ५ संग यो फ्ल्यागशिपको प्रतिस्पर्धा हुनेछ ।

माध्यम   स्रोत

Global Bank
easy care

प्रकाशित: २ बैशाख २०७३, बिहीबार

ताजा समाचार