बजाजले एभेन्जर बाइक–२२० सहित अन्य दुई बाइक ल्यायो

Technology Khabar ३० चैत्र २०७२, मंगलवार

बजाजले एभेन्जर बाइक–२२० सहित अन्य दुई बाइक ल्यायो
Classic Tech

काठमाडौं, ३० चैत । बजाज मोटरसाईकलले एभेन्जर–२२० क्रुज, २२० स्ट्रीट र १५० स्ट्रीटको नयाँ रेन्ज लञ्च गरेको छ । नयाँ एभेन्जर रेन्जले क्रुजर बाइक सिग्मेन्टलाई पुर्नपरिभाषित गर्दै अन्तर्राष्ट्रिय स्टाइलिङ्ग र क्रुजिङ्ग सुविधा अफर गरेको छ । एभेन्जर २२०मा क्लासिक क्रुजर कम्फर्ट र लुकलाई यथावत राखेको तथा सबै नयाँ एभेन्जर स्ट्रिटको रेन्ज सजिलो शहरी सवरीको लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

एभेन्जर २०० क्रुज नयाँ रेडिएटर, रिडिजाइन्ड साईड ग्रयाब्स, स्टाइलाइज्ड साइलेन्सर र नयाँ ह्याण्डलबारका साथ आउँदा यसको क्रोम हाइलाइट भएको छ । राजमार्गमा सजिलो सवारीको लागि एभेन्जर २२० क्रुज सविधाजनक प्याडेड ब्याकरेस्ट र अप्सनल विन्डसिल्डका साथ आउँछ । जहाँ, एभेन्जर क्रुजको रंग क्रोम छ, एभेन्जर २२०को बनावट स्टिलको छ जसमा म्याट कालो र सिल्भर फिनिस रहेको छ । १५० स्ट्रिटको डिजाइन ब्लु रंगमा उपलब्ध छ । मस्कुलर एलोइ ह्विलले यसको बनावटलाई स्पोर्टी र जवान बनाएको उल्लेख छ ।

एभेन्जर २२०–२२० सिसि डिटिएसआई इन्जिनका साथ आउँछ जसले उत्कृष्ट प्रफमेन्स दिन्छ जस अन्तर्गत १९ पिएस पावर र उच्चकोटीको लो देखि मिड रेन्ज ग्रण्ट र १७.५ एनएमको टोर्क पर्दछन् । वाईक इअर कुलरको साथ आउँछ जसले बहिरि राइडिङ्ग अवस्था जेसुकै भए पनि हाई–प्रफमेन्स इन्जिनको आएल ट्याम्प्रेचर र चिल्लोपना बाइन राख्न मद्दत गर्दछ । एभेन्जर १५० स्ट्रिट इन्जिन एक १५० सिसि डिटिएसआई इन्जिन हो, जुन बाईको लागि पूर्णरुपमा संशोधित गरिएको छ । यसमा १४.५ पिएस पावर र १२.५ एनएमको टोर्क रहेको जसले लो आरपिएमएसलाई बढाएर एभेन्जरलाई सवारीको लागि अति उत्कृष्ट बनाएको दाबी कम्पनीले गरेको छ ।

एभेन्जर शुरुको मूल्यका साथ देशभरिका बजाजका आउटलेटहरुमा उपलब्ध हुनेछ । एभेन्जर २२० क्रुजको मूल्य रु.२,९४,९००, एभेन्जर २२० स्ट्रिटको रु.२,८४,९०० र एभेन्जर १५० स्ट्रिटको रु. २,४९,९०० रहेको कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ  ।

प्रकाशित: ३० चैत्र २०७२, मंगलवार

Comments are closed.

Loading...