सामसुंगको नोट सिक्स वाटर एण्ड डस्ट रेसिस्ट्यान्ट हुने, ६ जीबी र्याम तथा ५.८ इन्चको डिस्प्ले

Technology Khabar २९ चैत्र २०७२, सोमबार

सामसुंगको नोट सिक्स वाटर एण्ड डस्ट रेसिस्ट्यान्ट हुने, ६ जीबी र्याम तथा ५.८ इन्चको डिस्प्ले
SAMSUNG CSC

काठमाडौं ।

काठमाडौं, २९ चैत । सामसुंगले केहि समय अघि सार्वजनिक गरेको ग्यालेक्सी एस सेभेन (Galaxy S7) र एस सेभेन एज (S7 Edge) को चर्चा बजारमा अझै पनि रहेको छ । यसको विभिन्न रिभ्यू तथा फीचरको बारेमा संचारमाध्यममा समाचारहरु आईरहेकै बेलामा सामसुंगको नयाँ फोनको बारेमा जानकारीहरु आउन थालेका छन् ।

सामसुंगको अब आउने नोट सिरिजको ग्यालेक्सी नोट सिक्सको (Galaxy Note 6) बारेमा विभिन्न चर्चाहरु आएका छन् । यो स्मार्टफोन वाटर रेसिस्ट्यान्ट तथा डस्ट रेसिस्ट्यान्ट हुने जानकारी आएका छन् । यो स्मार्टफोन ग्यालेक्सी एस सेभेन जस्तै आईपी ६८ सर्टिफाईड (IP68 certified) हुनेछ । त्यसैगरी यसमा आईरिस स्क्यानरलाई वाटर रेसिस्ट्यान्टको एक प्याकेजको रुपमा राखिने बताईएको छ ।

सामसुंगको नयाँ आउने ग्यालेक्सी नोट सिक्सले प्राप्त गर्ने आईपी ६८ सर्टिफिकेटको आधारमा यो फोन निश्चितरुपमा वाटर रेसिस्ट्यान्ट हुनेछ । आईपी ६८ प्रमाणित भएका स्मार्टफोनहरु निश्चित मापदण्डमा डेढ मिटरको गहिराईसम्म करिब आधा घण्टा पानीमा राख्दा पनि पानीले कुनै असर गर्दैन् । तर यसको निश्चित मापदण्डभन्दा बढिको गहिराईमा भने यो बिग्रनेछ अर्थात त्यसको लागि वाटर प्रुफ फोनहरुले मात्र काम गर्नेछन् । IMG_20160309_125629

सामसुंगको प्रिमियम फोनहरु ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज दुबैले आईपी ६८ सर्टिफिकेट प्राप्त गरेका छन् । यी दुबै फोन वाटर एण्ड डस्ट रेसिस्ट्यान्ट हुन् ।

यदि आएका समाचार पूर्ण रुपमा सत्य हो भने नोट सिक्स सामसुंगले उत्पादन गरेको पहिलो सहिरुपको वाटर रेसिस्ट्यान्ट तथा डस्ट रेसिस्ट्यान्ट फ्याबलेट हुनेछ ।

यो फ्याबलेटमा ५.८ इन्चको डिस्प्ले हुनेछ भने संभवत ६ जीबीको र्याम राखिनेछ । यो फोन सार्वजनिक हुने समयसम्म एन्ड्रोयडको नयाँ अपरेटिंग सिस्टम एन्ड्रोयड एन (Android N) आईसक्नेछ भने त्यहि एन्ड्रोयड एनमा यो फ्याबलेट संचालन हुनेछ ।

त्यस्तै यसमा १२ मेगापिक्सेलको रियर क्यामरा तथा ६४ जीबी वा १२८ जीबीको स्टोरेज हुनसक्नेछ ।

यसैबिच सामसुंगले भारतमा नियमित अनुसन्धान तथा विकास गतिबिधका लागि आईरिस क्याम (Iris cam) आयात गरेको ग्यालेक्सी क्लबले पत्ता लगाएको छ । यसको विस्तृत विवरण नभएपनि यो सामसुंग मोबाइलको लागि प्रयोग गरिने उल्लेख छ । तरपनि ग्यालेक्सी नोट सिक्स सामसुंगको नयाँ फ्ल्यागशिप हुने हुँदा यो फ्याबलेटमा पनि आईरिस स्क्यानर फीचर हुनसक्ने अनुमान गरिएको छ ।samsung-galaxy-note-6-iris-cam

यो फोन छिटोमा जुनमा घोषणा हुनेछ नत्र परम्परागतरुपमा फोन सिरिज अगस्ट वा सेप्टेम्बरमा सार्वजनिक हुने गरेका छन् । त्यसैले नयाँ फ्यालबेटमा के के फीचर हुन्छन भनेर अहिले नै निश्चित हुन कठिन छ ।

स्रोत

Global Bank
easy care

प्रकाशित: २९ चैत्र २०७२, सोमबार

ताजा समाचार