नेपाल र नामिबियाबीचको खेल टिकट इसेवाबाट खरिद गर्न सकिने

Technology Khabar २६ चैत्र २०७२, शुक्रबार

नेपाल र नामिबियाबीचको खेल टिकट इसेवाबाट खरिद गर्न सकिने
Classic Tech

काठमाडौं, २६ चैत । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तरगत नेपाल र नामिबियाबिचको क्रिकेटको टिकेट इसेवा (esewa) बाट खरिद गर्न सकिने भएको छ ।

आगामी बैशाख ४ गते शनिवार र ६ गते सोमबार नेपाल र नामिबियाबीच कीर्तिपुरस्थित् टि.यु खेल मैदानमा हुने अन्तराष्ट्रिस्तरको एकदिवशिय खेलका लागि आइसीसीले टिकट विक्री तथा व्यवस्थापनको आधिकारिक प्रतिनिधीका रूपमा इसेवा फोन पे प्रा. लि. लाई नियुक्त गरेको छ ।

इसेवाले बिहीबारदेखि नै अनलाइन टिकट विक्री वितरणको काम सुरू गरिसकेकोे जनाएको छ ।

रु १०० प्रति व्यक्ति मूल्य तोकिएको टिकट इसेवा अकाउण्ट भएका ग्राहकले सिधै इसेवा https://ticket.esewa.com.np मार्फत् अनलाइन टिकट खरिद गर्न सक्नेछन् । इसेवा एकाउण्ट नभएका व्यक्तिहरूले नजिकैको साईबर, स्टेसनरी, कम्युनिकेशन ९इसेवा जोन, इसेवा पोइन्ट०मा गई अनलाइन टिकट खरिद गर्न सकिने उल्लेख गरेको छ ।

उपत्यकामा मात्र इसेवाका करिब ५ हजार जोन, पोइन्ट (eSewa Zone & eSewa Point) रहेका छन् भने नेपालभर १७ हजार भन्दा धेरै जोन पोइन्ट रहेका छन् । कीर्तिपुर खेल मैदानको क्षमता सिमित भएकोले शुक्रबार अगाबै पनि टिकट बिक्री रोकिन सक्ने इसेवा फोन पे. प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले बताए ।

एकदिन अगाबै टिकट बिक्री बन्द हुने

नेपाल र नामिबिया बिचको खेल टिकट बिक्री वितरण एकदिन अगाबै बन्द हुने इसेवाले जनाएको छ ।

“सुरक्षाका कारण र आइसीसीको आग्रह अनुसार एकदिन अगाबै टिकट बिक्री रोक्न लागिएको हो” इसेवाका प्रमुख कार्यकारी अधिकृत् अस्गर अलीले भने । सुरक्षाका हिसाबले पनि संवेदनशील भएकाले खेल टिकट मैदानमा नपाइने र एकदिन अगाबै बिक्री वितरण रोकिने छ ।

यसअघि पनि इसेवाले अष्टे«लियन खेलाडी फिलिप ह्युजको सम्मानमा आयोजित मैत्रीपूर्ण खेलमा सफलता पूर्वक अनलाइनबाट टिकट विक्री तथा व्यवस्थापन गरेको थियोे ।

TK Viber

प्रकाशित: २६ चैत्र २०७२, शुक्रबार

Loading...