मेगा बैंक र भारतको एस बैंकबीच रेमिट सम्झौता

Technology Khabar २६ चैत्र २०७२, शुक्रबार

मेगा बैंक र भारतको एस बैंकबीच रेमिट सम्झौता

काठमाडौं ।

काठमाडौं, २६ चैत । भारतमा कार्यरत नेपालीहरुलाई स्वदेशमा सहज रुपमा रेमिट्यान्स पठाउन मेगा बैंक नेपालले भारतको एस बैंकसँग रेमिट्यान्स सम्झौता गरेको छ ।

सम्झौता पत्रमा मेगा बैंकका चिफ बिजनेश अफिसर रबिना देशराज श्रेष्ठ र एस बैंक भारतका ग्रुप प्रेसिडेन्ट अरुण अग्रवाल तथा सिनियर प्रेसिडेन्ट ऋतेश पाईले हस्ताक्षर गरे ।

मेगा बैंकसँगको यो सम्झौतापछि नेपालीहरुले आफूले आर्जन गरेको रकम अब एस बैंकको रेमिट्यान्स सेवामार्फत स्वदेशमा पठाउन सक्नेछन् । एस बैंकसँगको सम्झौतापछि ग्रामीण भेगमा रहेका नेपाली झनै बढी लाभान्वित हुने मेगा बैंककी चिफ बिजनेश अफिसर रविना देशराज श्रेष्ठले बताईन् ।

सम्झौता अनुसार भारतस्थित एस बैंकको ११ हजार वटा एस मनी सर्भिसका एजेन्टहरुबाट सिधै नेपालमा रेमिट्यान्स पठाउन सकिनेछ र पठाएको रकम मेगा बैंकको कुनैपनि शाखा कार्यालय वा देशभरि रहेका कुनैपनि एजेन्टवाट भुक्तानी लिन सकिने छ ।

मेगा बैंकका देशभर ३० शाखा कार्यालय, ५३ वटा शाखारहित बैंकिङ सेवा र १३ सय ५० भन्दा बढी रेमिट्यान्स एजेन्टहरु रहेका छन् ।

easy care

प्रकाशित: २६ चैत्र २०७२, शुक्रबार